logo

दलहरुद्वारा आचार संहिता उल्लंघन निर्वाचन अधिकृतको कार्यालय मौन

      11/24/2017 गते 00 00 मा प्रकाशित     1874   पटक पढिएको

बीरगंज ८ मंसिर ।
दोश्रो चरणको मतदान हुन १३ दिन वाँकी रहदा दलहरुले आचार सहिता उल्लंघनको क्रमलाई पनि तिब्र बनाएका छन । राजनीतिक दलहरुले उल्लंघन गर्दैनौ भनी बनाएको आचार संहिता उल्लघंन गर्दा समेत सरोकारवाला निकायले केही गरेको छैन । 
    

 

निावर्चन आयोगले बनाएको अचार संहितामा ७५ ग्राम सम्मको कागजमा ३०० वर्ग इन्च सम्मको आकारको एउटै रङ्ग र मुद्रकको नाम सहितको पर्चा बनाउन पाउने भनेको छ । तर दलहरुले आचार संहितको उल्लंघन गर्दै रंगीन र आकर्षका पोष्टहरु बनाएका छन । पर्सामा सबैभन्दा पहिला संघीय समाजवादी फोरम नेपालका क्षेत्र नं ३ का उम्मेदवार हरिनारायण रौनीयारले रंगीन पोष्टर टाँस्न शुरु गरेका हुन । रंगीन पोष्टर टाँस्न रोक नलागे पछि अरु उम्मेदवारले पनि पोष्टर बनाएका छन ।

 

रंगीन पोष्टर बनाउनेहरुमा फोरम नेपालको पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीय यादव,प्रदेश सभाका १ को “क”का जन्नत अन्सारी, चुनाव क्षेत्र नं ३ को. “ख” का प्रहलाद गिरी,“क” का मन्जुर अन्सारी  वामगठबन्धनका छोटेलाल यादव चुनाव क्षेत्र नं १ मा वामगठबन्धनका उम्मेदवार बिचारी यादव ,रहवर अन्सारीले पनि रंगीन पोष्टर बनाएर आचार सहिता उल्लंघन गरेका छन । त्यसैगरि लाउडस्पिकरको प्रयोगमा रोक लगाएको भएपनि सबै जसो दलका उम्मेदवारहरुले चार पाङ्ग्रे सवारी साधानमा बिधुत आपूर्तीकालागि जेनरेटर समेत राखेर गाउँ गाउँमा लाउडस्पिकर राखेर प्रचार गरेका छन ।

 

ठुला दलका उम्मेदवारहरुले जे गर्दा पनि हुने  देखिएको नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले बताए । ठुला दलले ज गर्दछन कार्यकर्ताहरुले हाम्रो पनि त्यस्तै गर्नु प¥यो भन्छन उनले भने आचार संहिता पालना गराउने निकाय पनि चिरनिन्द्रमा भएपछि कसको के लाग्दो रहेछ ” । सार्वजनीक  स्थलहरुमा समेत दलका झण्डा र ब्यानर छ्याप्छ्याप्ती भएपनि निर्वाचन अधिकृतको कार्यालयको ध्यान गएको छैन ।
आचार संहिता उल्लंघनका घटनाहरुको बिषयमा जानकारी रहेको पर्सा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस बिषयमा दलका प्रतिनिधिहरुलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता युवराज अधिकारीले जानकारी दिए  ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.