logo

राष्ट्रियता बलियो बनाउन बाम गठबन्धनको जित आवश्यक : पूर्व मन्त्री ढकाल 

      11/24/2017 गते 00 00 मा प्रकाशित     1459   पटक पढिएको

वीरगन्ज, ८ मंसिर । नेपाल परिवार दलका राष्ट्रिय अध्यक्ष एकनाथ ढकालले राष्ट्रिय एकता कायम राख्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।
प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलालाई शुक्रबार वीरगन्जमा सम्बोधन गर्दै पूर्व शान्ति मन्त्री समेत रहेका ढकालले नेपालमा राष्ट्रियता कमजोर हुदै गएकोले राष्ट्रियता बलियो बनाउन बाम गठबन्धन भएको र त्यसमा परिवार दल पनि सहभागी भएको जानकारी दिए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित कार्यकर्ता भेलामा उनले नेपाल परिवार दल सबै राजनीतिक दल र तीनका नेताहरुसँग सामान सम्बन्ध रहेको भएपनि देशमा राष्ट्रियताको सवालमा बामगठबन्धन नै सही भएकोले त्यसलाई नै समर्थन गरेको बताए ।

उनले कम्युनिष्ट पार्टीहरुसँग परिवारदलको पार्टी एकता नभई देश विकासको लागि अबको पाँचबर्षे सम्म साथ दिने पनि बताए । आफ्नो पार्टीलाई समानुपातिकमा सिट दिएकोले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरुलाई खुलेर सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

समानुपातिकमा पनि बढीभन्दा बढी मत ल्याउनका लागि बामगठबन्धनका सबै उम्मेदवारहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पल्टन कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु केन्द्रीय प्रवत्ता संतोष कुमार पौडेल, अब्दुल कयुम, रामचन्द्र चौधरी, संतोष दास तथा प्रदेश नम्बर २ का ८ वटा जिल्लाका नेता कार्यकर्ताहरुको

सहभागिता रहेको नेपाल परिवार दल मकवानपुरका सचिव एवं प्रवत्ता हरि लोप्चनले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.