logo

राष्ट्रियता बलियो बनाउन बाम गठबन्धनको जित आवश्यक : पूर्व मन्त्री ढकाल 

      11/24/2017 गते 00 00 मा प्रकाशित     1604   पटक पढिएको

वीरगन्ज, ८ मंसिर । नेपाल परिवार दलका राष्ट्रिय अध्यक्ष एकनाथ ढकालले राष्ट्रिय एकता कायम राख्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।
प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलालाई शुक्रबार वीरगन्जमा सम्बोधन गर्दै पूर्व शान्ति मन्त्री समेत रहेका ढकालले नेपालमा राष्ट्रियता कमजोर हुदै गएकोले राष्ट्रियता बलियो बनाउन बाम गठबन्धन भएको र त्यसमा परिवार दल पनि सहभागी भएको जानकारी दिए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित कार्यकर्ता भेलामा उनले नेपाल परिवार दल सबै राजनीतिक दल र तीनका नेताहरुसँग सामान सम्बन्ध रहेको भएपनि देशमा राष्ट्रियताको सवालमा बामगठबन्धन नै सही भएकोले त्यसलाई नै समर्थन गरेको बताए ।

उनले कम्युनिष्ट पार्टीहरुसँग परिवारदलको पार्टी एकता नभई देश विकासको लागि अबको पाँचबर्षे सम्म साथ दिने पनि बताए । आफ्नो पार्टीलाई समानुपातिकमा सिट दिएकोले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरुलाई खुलेर सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

समानुपातिकमा पनि बढीभन्दा बढी मत ल्याउनका लागि बामगठबन्धनका सबै उम्मेदवारहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पल्टन कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु केन्द्रीय प्रवत्ता संतोष कुमार पौडेल, अब्दुल कयुम, रामचन्द्र चौधरी, संतोष दास तथा प्रदेश नम्बर २ का ८ वटा जिल्लाका नेता कार्यकर्ताहरुको

सहभागिता रहेको नेपाल परिवार दल मकवानपुरका सचिव एवं प्रवत्ता हरि लोप्चनले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.