logo

जनताको मनमा वामगठबन्धन बसेको छ- बिचारी यादव

      11/25/2017 गते 00 00 मा प्रकाशित     1445   पटक पढिएको

बीरगंज ९ मंसीर ÷ नेकपा एमालेका नेता पर्साको चुनाव क्षेत्र नं १ का  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिचारी यादवले जनताको मनमा एमाले बसेको बताए । उनले जेष्ठ नागरिकलाई भत्ता दिएर लोककल्याण्को काम एमालेले गरेको चर्चा गरे ।

आज हरेक बृद्धबृद्धाहरुले एमालेको गुणगान गाइरहेको चर्चा गर्दै यादवले युवाहरुलाई रोजगारी र आर्थिक समृद्धी समेत वामगठबन्धनले मात्र ल्याउन सक्ने बताए । 

बीरगंज महानगरको वडा नं १२ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान सासद सकमेत रहेका यादवले आफूले आन्दोलनको नाममा तेलको तस्करी नगरेकोले आफूसंग पैसा नरहेको बताए ।

उनले आफूले ३ वर्ष ९ महिना सासद हुदा गरेको काम जनताकोलागि सार्वजनीक गरेको चर्चा गर्दै अरुलाई पनि जनताको वीचमा आफना कामका फेहरिस्तहरु राख्न चुनौती दिए । 

कार्यक्रममा प्रदेश सभा“ख”का उम्मेदवार शम्भु गुप्ताले पर्चा पम्पलेट च्यात्ने र गणतन्त्रको चीर हरण गर्न खोज्नेलाई निर्बाचनको परिणामले समाप्ता पार्ने चेतावनी दिए  । उनले  चोरी डकैती र अपहरण तथा लुटको सम्राज्य अन्त्यको लागि एमाले माओवादी गठबन्धनले जित्नुपर्ने धारणा राखे । 

सो समारोहमा एमाले पर्साका संयोजक प्रभु हजराले आऊँदो निर्बाचनमा बाम गठबन्धनको सरकार बन्ने भएकाले त्यसको लागि मूर्लीका युवाहरुले पनि नेतृत्वदायी भूमिका निर्बाह गर्नुपर्ने धारणा ब्यक्त गरे । 

कार्यक्रममा समानुपातिक उम्मेदवार बिना शर्मा, युवा नेता महमद अन्सारी, सागीर अन्सारी, जले आलम, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा लगायतले आ—आफ्नो धारणा राखेका थिए  ।

कार्यक्रममा मूर्लीका दर्जनौ अगूवा युवा, बृद्ध—बृद्धा तथा महिलाहरु एमालेमा प्रबेश गरेका छन । नव प्रबेशीहरुलाई जिल्ला अध्यक्ष प्रभु हजरा, सांसदका उम्मेदवार बिचारी यादब, प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ता नेशनल मेडिकल कलेजका संचालक एवं एमाले नेता बसुरुद्धिन अंसारीले पार्टी प्रबेश गराएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.