logo

कांग्रेस विधिको शासनमा चल्ने पार्टी हो- उम्मेदवार रुंगटा 

      11/25/2017 गते 00 00 मा प्रकाशित     1574   पटक पढिएको


वीरगन्ज, ९ मंसिर । नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटाले नेपाली कांग्रेस विधिको शासनमा चल्ने पार्टी भएको बताएका छन् । बीरगंजको बिभिन्न स्थानबाट नेपाली कांग्रेसको झण्डा हटाएकोमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

शनिबार वीरगन्जको मूर्लीमा रहेको पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार रुंगटाले अस्वस्थ प्रतिस्पर्धाको निर्वाचन आपूmहरुलाई सह्य नहुने भन्दै हतास मानसिकताले कांग्रेसको झण्डा हटाउनेहरुकै कारण लोकतन्त्र खतरामा रहेको बताए । उनले जनताले दिएको जनादेशलाई मान्न तयार रहेको भन्दै स्वस्थ प्रतिस्पर्धामा निर्वाचन लड्न विपक्षी उम्मेदवारहरुलाई अपिल गरे ।

शुक्रबार राति फोरम नेपालका कार्यकर्ताहरुले मूर्ली चोकमा नेपाली कांग्रेसको झण्डा हटाएर फोरम नेपालको झण्डा लगाएको भेटेपछि फोरम नेपालको कार्यशैलीको विरोध गर्दै झण्डा हटाएकोमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको हो । प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले कांग्रेसको झण्डा हटाएको किटानी सहित उजुरी गर्दा समेत निर्वाचन आयोग र स्थानीय प्रशासनले कारवाही गर्न चासो नदेखाएकोमा पनि आपत्ति जनाए ।

उनले कांग्रेसको झण्डा हटाउँदा कांग्रेस समर्थकहरु आक्रोशित भएपनि विधिको शासनमा चल्ने पार्टी भएकोले कार्यकर्ताहरुलाई संयमित बनाएको भन्दै कांग्रेसको संयमता र सहनशीलतालाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन् । प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क का उम्मेदवार विजय सर्राफले आफ्नो आँखा अगाडि नै फोरमका कार्यकर्ताले कांग्रेसको झण्डा निकालेको बताए ।

कांग्रेसको झण्डा निकालेर फोरमको झण्डा राखेको देखेपछि त्यस विषयमा प्रहरीलाई जानकारी गराएपनि कुनै किसिमको कारवाही नगरिएको प्रति रोष प्रकट गरे ।

झण्डा निकालेको प्रति आक्रोशित हुदै एक कार्यकर्ताले भने, “अहिले झण्डा चोर्दैछ, चुनाव जितेपछि झन मान्छे नै अपहरण गर्ला १” ‘चुनाव अघि नै यस्तो प्रवृत्ति देखाउनले चुनाव जितेपछि के गर्ला त्यो सबै जनताले बुझेका छन्’, उनले थपे ।  

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, क्षेत्रीय सभापित अरविन्द गुप्ता, तरुण दलका सभापति विरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.