logo

उपराष्ट्रपतिले दिए सबैलाई धन्यवाद

      11/26/2017 गते 00 00 मा प्रकाशित     1366   पटक पढिएको

काठमाडौं, १० मंसिर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भव्य रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । उनले मतदानमा सहभागी आम मतदातालाई बधाई तथा धन्यवाद दिएका छन् ।

निर्वाचन सम्पन्न भएलगतै उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर निर्वाचन सम्पन्न हुँदा उपराष्ट्रपति खुशी भएको र आममतदातालाई धन्यवाद दिएको जानकारी दिएका हुन् । उपराष्ट्रपतिले निर्वाचन सम्पन्न भएकोमा सरका, निर्वाचन आयोग, राजनीतिक दल, कर्मचारी, सुरक्षा निकायलगायतलाई धन्यवाद दिएका छन् ।

‘उपराष्ट्रपतिले पहिलो चरणको निर्वाचनलाई महाउत्सवको रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ’, प्रेस नोटमा भनिएको छ, ‘साथै, निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरका, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, पर्यवेक्षक र स्वयम्सेवकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।’

उपराष्ट्रपतिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको दिन ऐतिहासिक र गौरवपूर्ण भएको बताएका छन् । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्नसँगै संविधानले सुखद पूर्णता पाउने र देश समृद्धिको मार्गमा दु्रुतमार्गमा अगाडि बढ्ने विश्वास गरेका छन् ।

‘उपराष्ट्रपतिज्यूले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै संविधान कार्यान्वयनले सुखद पूर्णता पाएपछि संघीयता संस्थागत भई देश समृद्धिको मार्गमा दु्रतगतिमा अगाडि बढ्नुका साथै लोकतन्त्र पनि सुदृढ् हुने विश्वास व्यक्त गर्नुभएको छ,’ प्रेस नोटमा भनिएको छ ।

उपराष्ट्रपतिले पहिलो चरणको जस्तो दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि महाउत्सवको रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.