logo

‘वीरगन्जको सडकभरी राता मान्छेहरु’ 

      11/28/2017 गते 00 00 मा प्रकाशित     2611   पटक पढिएको

वीरगन्ज, १२ मंसिर । वीरगन्जमा मंगलबार सुर्य चिन्ह र हसिँया हथौडा अंकित राता झण्डाहरुले फहराएको छ । हजारौं राता मान्छेहरु झण्डा लिएर सडकमा उत्रिएका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दलहरु चुनावी मैदानमा रहँदा बामगठबन्धनका उम्मेदवारहरुले पनि वीरगन्जको सडकमा लालझण्डा फहराए र शक्ति प्रदर्शन गरेका छन् ।

कांग्रेस आफ्नो साम्राज्य ठान्ने पर्सा जिल्लामा पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर १ मा मधेसी जनअधिकार फोरम नेपाल र क्षेत्र नम्बर ४ मा नेकपा एमाले विजयी भएको थियो ।  बाँकी ३ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले नै जितेको थियो ।

दोश्रो संविधानसभाको निर्वाचनमा पाँचवटा क्षेत्र मध्य तीनवटा क्षेत्र नेकपा एमालेले कब्जा ग¥यो । त्यतिखेरदेखि नै कम्युनिष्टले पकड जमाएको पर्सामा पछिल्लो समयमा नेकपा माओवादी र एमालेको गठबन्धनले कम्युनिष्ट एकतालाई थप मजबुद बनाएको छ ।

दुवै पार्टीका कार्यकर्ताहरु पनि उत्साहित भएका छन् । यसले बामगठबन्धनलाई थप बल पुगेको छ । यसपटक बामगठबन्धनको जित सुनिश्चित हुने आनुमान गर्न थालिएको छ । मंगलबार वीरगन्जको सडकमा देखिएका राता मान्छेहरुको ठूलो जनलहरले पनि अब बामगठबन्धनको जित सुनिश्चित भएको संकेत गरेको छ ।

साम्राज्यवाद र विस्तारवादको संरक्षणमा देशभित्रै विखण्डनवादी तत्वहरुबाट भएको विरोधको सामना गर्नुपरेको कम्युनिष्टका राता मान्छे जब सडकमा लालझण्डा लिएर उत्रिए वीरगन्जको सडक राताम्य भएको थियो । सडकमा राता मान्छेहरुको लस्करले मतदाताहरुलाई पनि बामगठबन्धन भन्दा विकल्प अरु हुन सक्दैन भन्ने मानसिकतामा पारेको छ ।

राजनीतिक संस्कार, विचार र सिद्धान्तमा लागेका राता मान्छेहरुको वीरगन्ज सहरमा सयौंको लहरले कुनै विपक्षीलाई न त गाली गरेको थियो न त विरोध नै ! सोमबार मात्रै वीरगन्जको माईस्थानमा रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले देखाएको अराजकत र असभ्य व्यवहारले आजित वीरगन्जवासीलाई मंगलबार वीरगन्जको सडकमा देखिएको राता मान्छेहरुको जनलहरले निकै हौस्याएको छ ।

उनीहरुलाई पनि लागिरहेको छ । राजनीतिको नाममा हुने हैकमवाद र दादागिरीलाई अब विस्तारै स्खलित हुदै गएको छ । सधैं धाक, धम्की र डर त्रासबाट आतंकित वीरगन्जवासीहरुले पनि अब यस्ता उछृंखल गतिविधि नियन्त्रणका लागि विकल्प खोजिरहेका छन् ।

पञ्चायतकाल, बहुदलीय प्रजातन्त्र, सशस्त्र जनयुद्धको समयमा जति दुःख पीडा भोगेका थिए त्यो भन्दा बढी पीडा सशस्त्र भूमिगत समूह र मधेस आन्दोलनको नाममा भएको पटक पटको आन्दोलनले मधेसी जनता पीडित बनेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिसिभा सदस्य उम्मेदवार विचारी यादव, क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महम्मद सलिम मन्सुर त्यस्तै क्षेत्र नम्बर १ का प्रदेशसभा ख का उम्मेदवार शम्भु गुप्ता लगायतका उम्मेदवाहरुले नेतृत्व गरेको मार्चपास नेकपा एमालेका पर्सा संयोजक प्रभु हजारा, नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य बाबुराम कौशिक लगायतका बामगठबन्धनका नेताहरुको नेतृत्वमा ¥याली निकालिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.