logo

आर्थिक हिसाव सार्वजनीक गर्ने बिचारीका कारण अरुको टाउको दुख्यो

      11/29/2017 गते 00 00 मा प्रकाशित     2423   पटक पढिएको


बीरगंज १३ मंसिर । पर्सा जिल्लामा मुख्य प्रतिस्प्रर्धा बाम गठबन्धन र नेपाली कांग्रेस र मधेशी गठबन्धनका  उम्मेदवार बीच हुने देखिन्छ । २०७० सालको संविधान सभा निर्वाचन ५ वटा निर्वाचन क्षेत्र रहेकोमा ३ वटामा एमाले र २ वटामा नेपाली कांग्रेस बिजयी भएको थियो । २ वटामा नेपाली कांग्रेस बिजयी भएको थियो ।  २०७४ सालको स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा संघीय समाजवादी फोरम नेपाल नेपाली कांग्रेस र वामगठबन्धनको त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था देखिन्छ । 
 

वामगठबन्धनको मत संख्यामा पनि कमजोर छैन त्यो भन्दा बढी बाम गठबन्धनका उम्मेदवारहरु अन्य दलको उम्मेदवारको तुलनामा राजनीतिक रुपमा स्थापित र शक्तिशाली रहेकोले पनि बाम गठबन्धनको जीत सहज रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।
 

बाम गठबन्धन इतरका उम्मेदवारमा नेपाली कांग्रेसले उधोगपती अनिल रुङटालाई अगाडि सारेको छ भने संघीय समाजवादी फोरम नेपालको तर्फबाट जिल्ला अध्यक्ष प्रदीप यादव चुनावी मैदानमा उत्रेका छन । तर उनलाई पनि ब्यवसायीकै रुपमा हेर्ने गरिएको छ । मधेश आन्दोलनका बेलामा तेलको ब्यापार गराएको ,प्रशासनसंग मिलेर आन्दोलन गरेको आदि इत्यादी आरोप उनीमाथि छन ।
 

नेकपा एमालेका उम्मेदवार बिचारी यादव  २०७० सालको संविधानसभा निर्वाचनमा बिजयी भएका थिए । ३ वर्ष ९ महिना सांसद रहदा उनले गरेका कामहरुको स्वेतपत्र नै जारी गरेका छन । उनी वाहेक पर्सामा रहेका अन्य १७ सभा सासदले आफूले खर्च गरेको रकमको फेहरिस्त सार्वजनीक गर्न सकेका छैनन । यस अर्थमा जनताप्रति जवाफदेह र इमान्दार नेताको रुपमा बिचारी यादवको पहिचान बनेको छ ।
 

मधेश केन्द्रीत दलका पनि सासद पर्सा जिल्लामा थुप्रै छन । तिनले पनि आफनो फेहरिस्त सार्वजनीक गर्न सकेका छैनन । जनताको परिमर्कामा सहभागी हुने खोजेको बेलामा सहज रुपमा उपलब्ध हुने नेताको पहिचान भएका बिचारीलाई यस पटक पनि जनताले “बिचार ”गर्ने अवस्था निर्माण भएको छ । 
 

सोझो लप्पन छप्पन नजानेको जनताको हित भन्दा बाहीर आफनो कुनै स्वार्थ नरहेको कुनै दाग नलागेको नेताको रुपमा स्थापित यादवको लोकप्रियता चुलीदो छ । उनीसंगै प्रदेश सभामा “क”का उम्मेदवार रहवर अन्सारी पनि जनताप्रति जवाफदेह रहेका छन । उनी आम मतदातालाई निर्वाचनको बिकृतिको बिरुद्ध मतदान गर्न अपिल गरिरहेका छन ।
 

आजको युवापुस्ताकावीचमा लोकप्रिय र स्थापित रहवर अन्सारी र यादवको जोडी जनताले निकै मन पराएका छन । 

प्रदेश सभा “ख”मा नेकपा एमालेका उम्मेदवार शम्भू गुप्ता सामाजिक जीवनमा निकै क्रियाशिल छन । लामो प्रशासनीक अनुभव भएका गुप्ता यादवकोलागि चुनावको दंगलमा अर्को निष्कलंक छवीका बलिया पिल्लर हुन ।
 

गुप्तासंगै प्रदेश सभाको प्रतिस्पर्धामा उत्रेका कुनैबेलाका उनका सहकर्मी फोरम नेपालका उपाध्यक्ष समेत रहेका लालबाबु राउत गद्धी यो भन्दा पहिला सम्बिधान सभामा सदस्य थिए । सम्बिधान बनाउने बेलामा आन्दोलनमा हिडेका राउत अहिले आफनो नभनिएको त्यही सम्बिधान अन्र्तगत चुनाव लडदै छन । उनले हिजो यस्तो किन गरियो र के पाइयो भन्ने प्रश्नको जवाफ दिनु परेको छ ।
 

सासद रहदा उनले जनताको निम्ती के गरे भन्ने प्रश्नले पनि उनलाई पिछा छोडेको छैन । पर्साको अहिलेको ४ न क्षेत्रमा आफनो संसदीय बिकास कोषको रकम खर्च गरेका राउतलाई प्रदेश सभा “ख”का जनताले के बिकास गर्नु भनेर सोध्दा उनी नाजवाफ हुने गरेका छन । जसले गर्दा प्रदेश सभामा गुप्ताको निष्कलंक छवीले जनताको मनलाई आकर्षित गरेको छ ।
 

राउतलाई मधेश आन्दोलनका एक जना निकै जुझारु युवा ओमप्रकाश सर्राफको उम्मेदवारीले आच्छु आच्छु पारेको छ । त्यसको फाइदा गुप्तालाई हुने देखिन्छ । प्रदेश सभा “ख” कुनै दाग नलागेका नेता गुप्ता मात्र भएको युवा नेता प्रभावकर गुप्ताको भनाई छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.