logo

मतदाताको रोजाई सदभावमैत्री उम्मेदवार

      12/3/2017 गते 00 00 मा प्रकाशित     1678   पटक पढिएको

वीरगन्ज, १७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वीरगन्जका अल्पसंख्यक पहाडी समुदाय कुन पार्टीका उम्मेदवारलाई मत दिए सुरक्षित महशुस गर्न सकिन्छ भन्नेमा बहस गरिरहेका छन् ।

राष्ट्रिय पार्टी होस या क्षेत्रीय पार्टी मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी समुदायको मत कसरी आफूतिर ल्याउने भन्नेमा केन्द्रीत रहेको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा महानगरका २० वटा वडा परेको छ । महानगर भित्रै बसोवास गर्ने अल्पसंख्य पहाडी समुदायको भोट निर्णायक हुने देखिएकोले पनि अहिले वीरगन्जका अल्पसंख्य पहाडी समुदाय कस्लाई भोट दिने भन्नेमा राय सुझावहरु लिईरहेका छन् ।

पहिलो मधेस आन्दोलनपछि असुरक्षित महशुस गरिरहेको समुदायले पहाडीप्रति आक्रामक नदखिएको उम्मेदवारलाई भोट दिने गरेका छन् । क्षेत्र नम्बर १ मा करिब ७ हजार पहाडी मूलका मतदाता रहेको अनुमान छ । यो समुदाय मुस्लिमपछिको सबैभन्दा ठूलो समुदाय हो ।

यो क्षेत्रमा मुस्लिम मतदाताको संख्या २० हजार हाराहारीमा रहेको छ । मंसिर २१ गते हुन गईरहेको निर्वाचनमा कांग्रेसका अनिलकुमार रुँगटा, संघीय समाजवादी फोरमका प्रदीप यादव र वाम गठबन्धनका विचारी यादवबीच त्रिपक्षीय प्रतिस्पर्धाको हुने देखिएको छ ।

केन्द्रीय कमिटिमा पहाडी समुदायका अशोक राई बरिष्ठ नेता तथा सहअध्यक्ष राजेन्द्र राई लगायतका पहाडी मूलका नेताहरु भएपनि उनीहरुलाई संघीय समाजवादी फोरम नेपालले एकपटक पनि वीरगन्जमा ल्याएको छैन । त्यसैले फोरमका उम्मेदवार प्रदीप यादव बढी मधेसी भावनामा मात्रै केन्द्रीत रहेका छन् ।

उनको एजेण्डा विकासमा भन्दा अधिकारमा मात्रै सीमित रहेकोले निर्णायक मतदाताहरु अहिले अधिकार भन्दा बढी विकासमा बढी चासो राख्ने भएकाले पनि त्यस्ता मतदाताको भोट तान्ने सम्भावना कमै छ । त्यसैले कांग्रेस र एमाले उम्मेदवार पहाडी मूलका मतदाता तान्ने तयारीमा छन् ।

निवर्तमान सांसद विचारी यादवले दोस्रो संविधानसभा चुनावमा पहाडी समुदायकै सहयोगमा चुनाव जितेका थिए । यसपटक पनि उम्मेदवारको व्यक्तित्वका हिसाबले बामगठबन्धनका विचारी यादव नै अल्पसंख्यक पहाडी समुदायको रोजाईमा परेका छन् ।

अल्पसंख्यक समुदायका रुपमा रहेका पहाडी समुदाय आपूmलाई सुरक्षित रहनको लागि पनि अहिले बामगठबन्धन भन्दा अर्को विकल्प नभएको बताउने गरेका छन् । असोज ४ गते भएको स्थानीय तहको चुनावमा चाहिँ पहाडी मतदाताको भोट राजपा उम्मेदवार राजेशमान सिंहलाई एकलौटी गएको थियो । छुट्टाछुट्टै मोर्चाको झण्डामा मधेस आन्दोलनमा सक्रिय प्रदीप र राजेशमानबीच आ–आफ्नै अस्तित्व कायमको लडाईमा छन् ।

त्यसैले राजपा र फोरमबीच गठबन्धन भएपनि राजेशमान पक्षको भोट प्रदीपले पाउने सम्भावना कम रहेको छ । चुनाव आउन एक साताभन्दा पनि कम बाँकी छँदा पहाडी मूलका मतदाता कांग्रेस र एमालेमा विभाजित छन् । महानगरपालिकाको चुनावमा विजय सरावगीलाई मत दिएका मारवाडी समुदायको पनि अहिले नेपाली कांग्रेसका अनिल कुमार रुंगटा उम्मेदवार रहेकाले उनलाई नै भोट जाने सम्भावना बढी देखिन्छ ।

यद्यपि १ नम्बर क्षेत्रमा मारवाडी समुदायको भोट कमै रहेको छ । राजनीतिक रुपमा र व्यक्तित्वको हिसाबले पनि शालिन तथा विचारमा अडिग भएका उम्मेदवारहरुलाई नै पहाडी मूलका मतदाताले रोज्ने देखिन्छ । वीरगन्जमा अल्पसंख्यक पहाडी समुदाय पहिलो मधेस आन्दोलन अघिसम्म सहरमा आफूलाई असुरक्षित ठान्नुपरेको थिएन ।

सहरमा नेवार समुदायको बाहुल्यता रहेको छ । नेवार समुदाय वीरगन्जको स्थापनाकालदेखिका पुराना बासिन्दा हुन् । ०६४ को मधेस आन्दोलनपछि पहाडी समुदायले आफूलाई असुरक्षित ठान्न थाल्यो । कतिपय त बसाइँ हिँडिसके । त्यसैले पहाडी समुदायले आफूलाई संरक्षण दिन सक्ने, समुदायप्रति नरम उम्मेदवार खोज्न थालेका छन् । जुन उम्मेदवार अहिले विचारी यादवलाई देखिरहेका छन् ।

यसपालि प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार गैरपहाडी मूलका छन् । पहाडी समुदायले आफूमैत्री उम्मेदवारलाई रोज्ने राजनीतिक विश्लेषण रहेको छ । विचारमा आधारित राजनीति कमजोर हुँदा समुदाय, जात, धर्म आदिका आधारमा भोट दिने चलन हाबी हुने गरेको मानवशास्त्रीहरुको भनाई छ ।

मानवशास्त्रीहरुका अनुसार अल्पसंख्यक, कमजोर, असुरक्षित महसुस गर्ने समूहले प्रतिरोध गर्ने तरिका भनेको आपसमा सल्लाह गरी आफूमैत्री उम्मेदवारलाई भोट हाल्ने विश्वव्यापी प्रवृत्ति रहेको छ । असुरक्षित महशुस गरेपछि थातथलोबाट भाग्ने वा यसरी प्रतिरोध गर्ने तरिका अवलम्बन गरिने गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.