logo

पर्साको ३ मा नेपाली कांग्रेसका दिग्गज नेताहरुलाई कारवाहीको माग

      12/19/2017 गते 00 00 मा प्रकाशित     1795   पटक पढिएको

बीरगंज ४ पुष ।
नेपाली कांग्रेस पर्साको क्षेत्र नं ३ को भेलाले चुनावी हारका सन्दर्भमा समिक्षा गरेको छ । पर्साको क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी प्रतिनिधि सभा सदस्यमा र प्रदेशसभा “क”मा चन्द्रकिशोर चौधरी र “ख”मा नेता जनार्दन सिंह क्षेत्री उम्मेदवार थिए । क्षेत्री जम्मा ९५ मतको झिनो मतात्नतरले पराजीत भएका हुन । प्रदेश सभा “क” का उम्मेदवार चौधरीको मतअन्तर पनि त्यती धेरै छैन । 


    नेपाली कांग्रेसले यो भन्दा अगाडि जीत हासिल गरेको क्षेत्रमा कांग्रेसको पराजय अर्थपूर्ण रहेको छ । कांग्रेस जनमतको कमीले भन्दा पनि आफू भित्रको द्वण्द्व ब्यवस्थापन नभएका कारण हारेको ठान्नेहरु धेरै छन ।


    पर्साको क्षेत्र नं ३को भेलाले पार्टीका नेताहरुको असहयोगका कारण हार ब्यहोर्नु परेको निष्कर्ष निकाल्दै केही नेताहरुलाई कारवाही गर्नु पर्ने तय गरेको छ । भेलाले संघीय समाजवादी फोरम नेपालबाट पर्साको क्षेत्र नं ३का प्रतिनिधि सभा सदस्यमा निवर्पाचित  हरिनारायण रौनीयारका भाई पूर्व सभासद रामेश्वर रौनीयार,धोरेका बावुलाल मेहता,निचुटाका असर्फी साह र भगवती चौधरी ,लखनपुरका मनोज यादव,कौवावन कटैयका सविर अन्सारी शम्भू चौहान लगायतका नेताले असहयोग गरेका कारण चुनाव हारेको निष्कर्ष निकाल्दै उनीहरुलाई कारवाही गर्नु पर्ने जनाएको छ । 


    पर्साको क्षेत्र नं २ र ३ मा भएको क्षेत्री समिक्षा भेलाले नेताहरुलाई करावाही गरिनु पर्ने अवाज उठाएपनि पार्टीको कुनै समितिहरुबाट यस्तो सिफारिश भएको छैन । 
    कारवाहीको सिफारिश गरिएका नेताहरुले स्वयं उम्मेदवारहरुका कारण पार्टीले पराजय भोग्नु परेको दावी गरेका छन ।

 

क्षेत्र नं ३ मा प्रदेश सभा “क”को उम्मेदवार चन्द्रकिशोर चौधरी पार्टीको सदस्य समेत नरहेको र उनको नाम समेत सिफारिश नभएको अवस्था उम्मेदवार बनाएको भन्दै पूर्व सभापति सुरेन्द्र चोधरीकै आलोचना हुने गरेको छ । 
    आन्तरिक ब्यवस्थापनमा ध्यान नदिएको कांग्रेसले अगाडि सारेको उम्मेदवारका कारण पनि असन्तोष बढेको र कार्यकर्ता पंक्ति सक्रिय नभएको एक नेताले बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.