logo

राजधानीको नाममा ठुला दलका भातृसंगठन नाटक गर्दैछन नेता कर्ण

      12/21/2017 गते 00 00 मा प्रकाशित     1813   पटक पढिएको

बीरगंज, ७ पौष
प्रेस मञ्च नेपाल पर्सा शाखाले एक कार्यक्रमका बीच नवनिर्वाचित सांसद एवं विधायकहरुलाई शुक्रवार सम्मान गरेको छ । पत्रकार महासंघ पर्सा शाखाको ज्योति हलमा आयोजित स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपालका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले प्रदेस नं . २ को राजधानी नामांकरण सम्बन्धमा काँग्रेस, एमाले र माओवादीले पुनः मधेसी जनताहरु बीच झगडा लगाउने कार्य गरि रहेको आरोप लगाएका थिए ।

 

संविधान पनि यिनै तीन दलले जारी गरे, संघीयताको संरचना आफ्नै मनले बनाए आज प्रदेशिक राजधानी बीरगंज हुनु पर्छ भन्ने तीनकै भातृ संगठनले आन्दोलनको नाममा नाटक गरिरहेको उनको भनाई छ । 


फोरम नेपालका केन्द्रिय सदस्य एवं सांसद हरिनारायण रौनियारले संचारकर्मीहरुको कुनै दलमाथि आस्था र विचार हुन सक्छ तर पत्रकार भई सकेपछि सत्य र निश्पक्ष सामाचार लेख्नुपर्ने धारणा व्यक्त गर्दै अरुको उक्साहटमा वा व्यक्तिलाई खुुशी पार्ने गरि कसैको चरित्र हत्या नगर्न सुझाव दिएका थिए । 


पकहामैनपुर गाउपालिकाका प्रमुख विजय चौरसियाले मधेसी पत्रकारहरुको विकास एव संरक्षण नभएसम्म मधेसी नेताहरुको विकास नहुने धारणा राख्दै समृद्ध मधेस निर्माणका लागि कलम चलाउने मधेसी पत्रकारलाई प्रोत्साहन गर्न आवश्यकता रहेको बताए । 


राजपा फोरम गठबन्धन पर्सा बाट निर्वाचित सांसद एवं राजपा सहअध्यक्ष लक्ष्मणलाल कर्ण, फोरम नेपालका केन्द्रिय सदस्य एव सांसद हरिनारायण रौनियार, फोरम पर्साका उपाध्यक्ष एवं विधायक, मन्जुर अन्सारी, युवा नेता एवं विधायक जन्नत अन्सारी, पकहा मैनपुर गाउपालिकाका प्रमुख विजय चौरसियालाई प्रेस मन्च नेपालका केन्द्रिय अध्यक्ष सतोष पटेल, शाखा अध्यक्ष विजय ठाकुर, सचिव दिपक चौरसियाले दोसल्ला, फुल माला र टिकाबाट सम्मान एवं स्वागत गरेका थिए । 


कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सहमहासचिव नेजामुदिन समानी, केन्द्रिय सदस्य रम्भा मिश्रा, पर्सा जिल्ला संयोजक प्रेम बाबु पटेल, अध्यक्ष मण्डलका सदस्य विरेन्द्र यादव, विरगंज महानगर उपाध्यक्ष सुरेश साह कानु लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.