logo

बन्दकर्ताहरुद्वारा वीरगन्जमा दुईवटा गाडीमा तोडफोड 

      1/17/2018 गते 00 00 मा प्रकाशित     1500   पटक पढिएको

वीरगन्ज, ४ माघ । वीरगन्ज राजधानी संघर्ष समितिले आज आह्वान गरेको बन्दले जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले बिहानैदेखि वीरगन्जको विभिन्न चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

सरकारले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोको विरोधमा आज वीरगन्ज बन्दको आह्वान गरेको हो । वीरगन्जको बाईपास, मुर्ली, बसपार्क लगायतका स्थानमा युवा नेता महमुद अन्सारी र अकलेश साहको नेतृत्वमा बन्दकर्ताहरुले टायरबालेर प्रदर्शन गरेका छन् ।

यस्तै बन्दकर्ताहरुले बिहिबार  बिहान दुईवटा गाडीमा समेत तोडफोड गरेका छन् । वीरगन्जको घण्टाघरमा बा १२ च ७३६५  सुजुकी कार र र ना ४ च ८०३१ नम्बर नम्बरको टाटा सूमो बन्दकर्ताहरुले तोडफोड गरेका हुन् ।

सरकारले बुधबार सातवटै प्रदेशको अस्थायी मुकाम तोकेपछि विभिन्न स्थानमा यसको विरोध भएको हो । वीरगन्ज राजधानी संघर्ष समिति पर्साले वीरगन्जलाइ प्रदेश नम्बर २ को राजधानी तोक्न माग गर्दै विगत दुइ साता देखि रिले अनशन बस्दै आएका थिए ।

सरकारले २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेपछि आन्दोलन थप चर्किदै गएको हो । बन्दले वीरगन्जमा बजार, पसल, उद्योग कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका साथै सार्वजनिक यातायातका सवारीसाधनहरु बन्द रहेको छ ।

सरकारले जनकपुरलाइ अस्थायी राजधानी तोक्ने निर्णय गरे लगत्तै वीरगन्जको आन्दोलनले बन्दको रुप लिएको हो । जनकपुरलाइ अस्थायी राजधानी तोक्ने सरकारको निर्णय लगत्तै संघर्ष समितिको अगुवाइमा नेता कार्यकर्ताहरुले हिजो साँझ घण्टाघर चोकमै टायर बालेर नाराबाजी गर्नुका साथै सवारीसाधनहरुमा तोडफोड गरेपछि आन्दोलनले उग्र रुप लिएको हो ।

आन्दोलनकारीहरुले घण्टाघर चोकमा बिहिबार साँझ सिंचाइ कार्यालयको ना १ झ २६३ नम्बरको सरकारी जिपका साथै केहि टाटासुमो र मोटरसाइकलहरुमा तोडफोड गरेका थिए । 
यस्तै  सरकारले जनकपुरलाई अस्थायी मुकामन तोकेको विरोधमा बाराको विभिन्न स्थानमा प्रदर्शन भईरहेको छ ।

वीरगन्ज संघर्ष समितिको आह्वानमा गरिएको बन्दमा लामो तथा छोटोदुरीका सवारी साधनहरु चलेका छैनन् । बन्दकर्ताहरुले वीरगन्ज कलैया सडक खण्ड र वीरगन्ज पथलैया सडकखण्डमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । वीरगन्ज कलैयाको गण्डकमा राजकिशोर गुप्ताको नेतृत्वमा संघर्ष समितिदवारा जक्काजाम र टायर बालेर प्रदर्शन गरेको छ ।

त्यस्तै प्रसौनी गाउँपालिकाका नागरिक समाजका अध्यक्ष विनोद पटेलको नेतृत्वमा कलैया वीरगन्ज सडक खण्डको प्रर्सौनीमा बन्द गरेको छ । प्रर्सौनीमा बिहान आठ बजेदेखि १० बजे सम्म दुईघण्टा बजार समेत बन्द गरेको छ । त्यस्तै गण्डक पथलैया सडकखण्डको चैनपुरमा पनि प्रदर्शन गरेको छ । सुनिल पटेलको नेतृत्वमा बिहान आठ बजेदेखि बन्द गरिएको वीरगन्ज संघर्ष समितिका सदस्य लोकेश सिहंले जानकारी दिए 


यसैबिच संघीय समाजवादी फोरमले भने वीरगन्ज बन्दको कुनै अर्थ नरहेको बताएको छ । सरकारले अस्थायी मुकाम जनकपुर तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेर विरोध पर्दशन गरेपनि आजको बन्दको पक्षमा फोरम नेपाल नरहेको संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.