logo

बीरगंजको आन्दोलन जारी फाल्गुण दुईमा लाठी जुलुस प्रर्दशन गरिने

      2/5/2018 गते 00 00 मा प्रकाशित     1652   पटक पढिएको

बीरगंज २२  माघ । प्रदेशको राजधानी माग गर्दै आन्दोलीत बीरगंज राजधानी संघर्ष समितिले अहिले सम्मको आन्दोलनको समिक्षा गरेको छ । 
आज सम्पन्न भएको समिक्षा बैठकले आन्दोलनको नयाँ कार्यक्रम समेत तय गरेको समितिका सचिव श्याम पटेलले जानकारी दिए । आजको बैठकमा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा,नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी र नेकपा माओवादीको तर्फबाट बाबुराम कौशीकको बिशेष उपस्थिति रहेको थियो । 

 


समितिले फाल्गुण २ गते सम्मकोलागि रिले अनशनलाई जारी राख्ने निर्णय गरेको छ । फाल्गुण २ गते लाठी जुलुसको प्रर्दशन र सभाको आयोजना गरिने निर्णय भएको समितिका सह संयोजक राजकुमार गुप्ताले जानकारी दिए । फाल्गुण २ गते भित्र बृहत अन्तरक्रिया कार्यक्रम गर्ने सहमती समेत भएको छ ।

 

३२ दिन देखीकाजारी रिले अनशनमा नागरिक सहभागिता बढदो छ । बीरगंज राजधानी संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघ,नेपाल बार एशोसिएशन,नेपाल पत्रकार महासंघ,सुन चाँदी ब्यवसायी संघ,नेपाल शिक्षक महासंघ,संघ संगठन, नेपाल इन्जिनियर एशोसिएशन हिन्दु परिषद,बिभिन्न राजनीतिक दलका भातृसंगठनहरु लगायतका संस्थाले एक्यवद्धता जनाएका छन । 

 


    नेपालको राजनीतिक परिर्वतनको आन्दोलनका बिभिन्न कालखण्डमा  नेतृत्वदायी भूमिका निर्वाह गरेको बीरगंजमा राजधानी हुने सम्पूर्ण पूर्वाधार हुदा समेत राजधानी घोषणा नगरेर सरकारले अन्याय गरेको यस क्षेत्रका नागरिकको बुझाई छ  ।

 


    आन्दोलनमा मधेश केन्द्रीत दलका केही नेताहरु सहभागि छन । २२ गतेको रिले अनशनमा राजपाका केन्द्रीय सदस्य रम्भा मिश्र ,उषा श्रीवास्तव लगायतका महिला नेतृहरुको सहभागिता रहेको छ । 

 

        आन्दोलनकारीहरुले कुनै पनि पार्टीको झण्डालाई बोकेका छैनन । पार्टीगत सहभागिताको अन्त्य गर्दै कालो झण्डा बोकेर उनीहरु आन्दोलनमा उत्रेका छन । सघर्ष समितिले आन्दोलनको स्वामित्व सबैले लिन सजिलो होस भनेर यस्तो गरिएको संह संयोजक गुप्ताले बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.