logo

जहाज दुर्घटनाका मृतकहरुप्रति दीप प्रज्जवलन गरेर श्रद्धाञ्जली 

      3/13/2018 गते 00 00 मा प्रकाशित     1231   पटक पढिएको

वीरगन्ज, २९ फागुन । सोमबार त्रिभुवन विमान स्थलमा भएको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा मंगलबार अखिल क्रान्तिकारी पर्साले दीप प्रज्जवलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।

 

अखिल क्रान्तिकारीका पर्सा संयोजक मित्रदेव यादवको अध्यक्षतामा वीरगन्जको घण्टाघरमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारीले दीप प्रज्जवलन गरेर श्रद्धाञ्जली व्यक्त गरे ।

 

श्रद्धाञ्जली सभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जुवैर मल्लिक, अखिल क्रान्तिकारीका पूर्व सचिवालय सदस्य प्रभाकर गुप्ता, संदिप विक्रम साह, संदिप पटेल,  सुनिल रौनियार लगायतको सहभागिता रहेको थियो । त्यस्तै माईस्थानमा पनि जहाजमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

 

वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपमेयर सुश्री शान्ति कार्कीले मैनबत्ती बालेर दीप प्रज्जवलन गरेकी थिईन् ।

 

कार्यक्रममा वडा प्रहरी कार्याल वीर्ताका प्रहरी निरीक्षक अनिष कर्ण, युवा नेता ओमप्रकाश सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारु, नेपाल रेडक्रसका राजन श्रीवास्तव, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय कोषाध्यक्ष लालबाबु सिंह, प्रेम पटेल, रक्त सञ्चार केन्द्रका प्रमुख प्रविण मानन्धर,लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शिवम साहले गरेका थिए । श्रद्धाञ्जली सभामा एक मिनेट मौनधारण गरेर मृतकहरुको चीर शान्ति शान्तिको कामना गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.