logo

शिक्षा ऐन नवौं संसोधनको बिद्यार्थीहरुद्वारा टायर बालेर बिरोध प्रर्दशन

      3/30/2018 गते 00 00 मा प्रकाशित     1383   पटक पढिएको

वीरगन्ज, १६ चैत्र । शिक्षा ऐन नवौं संसोधनको बिरोधमा बीरगंजमा पनि बिद्यार्थीहरुले प्रदर्शन गरेका छन ।

शिक्षा ऐन संसोधनको देशभर विरोध भइरहेकोले बीरगंजमा पनि तीन बिद्यार्थी संघठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेट अगाडी टाएर बालेर विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

केन्द्रमा तय भएको आन्दोलनको कार्यक्रम अन्तर्गत अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा बीरगंजमा पनि प्रदर्शन गरे । शिक्षा ऐन नवौं संशोधन खारेज गर, चैत २३ गते हुने परिक्षा स्थगित गर, बिद्यार्थी एकता जिन्दाबादको नारा लगाउदै तीन बिद्यार्थी संगठनका बिद्यार्थीहरुले प्रदर्शन गरेको अखिल क्रन्तिकारीका केन्द्रिय सदस्य शिवम साहले बताए ।

नेविसंघका बर्दीनाथ तिवारी, अखिल क्रान्तिकारीका शिवम साह र अनेरास्ववियुका अजित गुप्ताको नेतृत्वको तीनवटै बिद्यार्थी संगठन सँगआबद्ध बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

लाखौं बिद्यार्थीहरुको भविष्य अन्धकारमा पार्ने गलत निर्णय भएकोले शिक्षा ऐन नवौं संशोधनको बिरोधमा केन्द्रदेखि जिल्ला तह सम्म आन्दोलन गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य साहले बताए ।

शनिबार काठमाण्डौ माइतीघर मण्डालामा प्रदर्शन एवं चक्का जाम गर्ने कार्यक्रम रहेको र त्यसपछि पनि शिक्षा मन्त्रालयले शिक्षा ऐन नवौं संशोधन खारेज नगरे र २३ गते हुने परिक्षा स्थगित नगरे चैत १७ गते देखि देशभरी कै शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने कार्यक्रम रहेको जानकारी गराए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.