logo

युवालाई लक्षित गर्दै सिपमुलक तालिम ः मेयर डा. पौडेल

      4/12/2018 गते 00 00 मा प्रकाशित     1514   पटक पढिएको

जीतपुर, २९ चैत्र । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले युवालाई लक्षित गर्दै स्वरोजगारमुलक सिप प्रदान गर्ने अभियानलाई प्राथमकितामा राख्दै अघि बढिरहेको बताएका छन् । 

 


उपमहानगरभित्र विभिन्न वडामा सञ्चालित सिपमुलक तालिमको विहिवार उद्घाटन गर्दै मेयर डा. पौडेलले ५० लाख भन्दा बढी युवा यतिबेला बैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहनु दुःखद् रहेको भन्दै मेयर डा. पौडेलले सिप सिकेर नेपालमै काम गर्न सके आर्थिक रुपमा सबल हुनुका साथै समाज निर्माणमा समेत योगदान पुग्ने बताए । 

 


मेयर डा. पौडेलले यस आर्थिक बर्षमा पाच सय युवालाई सिपमुलक तालिममा सहभागी गराउने लक्ष्य रहेको बताएका छन् । विभिन्न उमेर समुहलाई लक्षित गर्दै सिपमुलक तालिम अघि बढाईरहेका र त्यसमा युवालाई प्राथमिकतामा राखेको भन्दै मेयर डा. पौडेलले भने तालिम पश्चात ब्यवसाय सञ्चालन गर्नका लागि सहयोग गर्न समेत उपमहानगर तयार रहेको बताए । 

 


नगरबासी आत्मनिर्भर हुन सके मात्रै समृद्ध उपमहानगरको परिकल्पना गर्न सकिने उनको भनाई थियो । आयआर्जन र स्वरोजगारका निम्ति मानव क्षमताको बिकास जरुरी रहेकाले सिपमुलक तालिमको सुरुवात गरेको बताए ।

 

मेयर डा. पौडेलले जीतपुरसिमरा २ मा लोकसेवा तयारी कक्षा, जीतपुरसिमरा ७ मा कम्प्युटर तालिम र सिलाई कटाई तालिम, जीतपुरसिमरा १५ मा हाउस वायरि», र जीतपुरसिमरा ५ मा मोटर वाईन्डि» तालिमको शुभारम्भ गरेका थिए । युवालाई लक्षित गर्दै सुरु गरिएको तालिममले रोजगारीका लागि बिदेशीनु पर्ने अवस्थामा पनि कमि ल्याउन मेयर डा. पौडेलको भनाई थियो । 

 


कार्यक्रममा उपमेयर सरस्वती चौधरीले सिपमुलक तालिमले क्षमता अभिबृद्धि गर्ने र स्वरोजगारका लागि सहयोग पुग्ने बताए । यसैगरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीलाई तीन महिनासम्म सञ्चालन हुने तालिमपश्चात बेरोजगार भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने भन्दै तालिमलाई गम्भिरताका साथ लिन आग्रह गरे । 

 


उपमहानगरको सामाजिक बिकास शाखा संयोजक शोभा कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष रामबाबु गुप्ता, वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नम्बर ५ का अध्यक्ष मोहित चौधरी, वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा नम्बर ९ का अध्यक्ष प्रभुनाथ चौधरी, शाखा अधिकृत नागेन्द्र चौधरी, हरिकिशोर साहलगायतको उपस्थिती रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.