logo

पर्सामा संयुक्त प्यानलको निर्वाचन परिचालन समिति गठन

      4/21/2018 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

बीरगंज ८ बैशाख । 
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को निर्वाचनको सन्दर्भमा पर्साका तीन वटा पत्रकार संगठनबीच आज छलफल भएको छ ।


 वीरगन्जको होटल विजय ज्योतीमा सम्पन्न प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेण्टर पर्साको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

 

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे मगर र एकजना महिला सहित आवश्यकता अनुसार पछि सदस्य थप गर्ने गरि सात सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

 

निर्वाचन परिचलन समितिले निर्वाचनमा तीनवटै संगठनका साझा उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरेको छ ।

 

बैठकमा संयुक्त प्यानलका अध्यक्षका उम्मृदवार दीपेन्द्र चौहान उपाध्यक्षका उम्मेदवार के.सी.लामिछाने सदस्यपदका उम्मेदवार जगत राईको पनि सहभागिता रहेको थियो ।

 

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नम्बर २ का संयोजक लालबाबु शेष, पूर्व उपाध्यक्ष महेश दास, अनुशासन समितिका सदस्य केसी लामिछाने, प्रेस चौतारीका अनुप तिवारी, सचिव सञ्जिव मिश्र, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जाराको उपस्थिति रहेको थियो ।

 

त्यस्तै युनियनका तर्फबाट जिल्ला अध्यक्ष रामनारायण कुर्मी, शंकर खतिवडा, दिपेन्द्र चौहान, अशोक तिवारी, रितेश त्रिपाठी, रामराज्य यादव र प्रेस सेण्टरको तर्फबाट जिल्ला अध्यक्ष नीरज पिठाकोटे मगर, प्रदेश सदस्य जगत राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.