logo

जीतपुर सीमरा उपमहानगरमा एकीकृत सम्पत्ति कर लागु गरिनेः नगरप्रमुख डा. कृष्ण पौडेल

      4/22/2018 गते 00 00 मा प्रकाशित     1487   पटक पढिएको

 

सीमरा ९ बैशाख ।
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था बमोजिम आगामी आर्थिक वर्षबाट एकीकृत सम्पत्ति कर लागु गर्ने बताएका छन  ।

 

कार्यपालिका र कर्मचारीलाई एकीकृत सम्पत्ति करको वारेमा जानकारी गराउनका लागि आयोजना गरिएको दुई दिने अन्तरक्रिया कार्यक्रम समापन गर्दै डा. पौडेलले उक्त कुरा बताएका हुन  । सरकारले मालपोत तथा घरजग्गा करलाई खारेज गरेर एकीकृत सम्पत्ति कर विकल्पको रुपमा ल्याएको बताउदै यसलाई स्थानीय तहले लागु गर्नैपर्ने जिम्मेवारी रहेको बताए  ।

 

एकीकृत सम्पत्ति कर प्रगतिशिल भएको बताउदै डा. पौडेलले यो जग्गा र सोमा बनेको संरचनाको मूल्यांकनको आधारमा कर लाग्ने बताए  । उपमहानगरको समग्र विकासका लागि आवश्यक स्रोत व्यवस्थापन गर्नका लागि गम्भिर गृहकार्य गरिरहेका छौं । एकीकृत सम्पत्ति कर आन्तरिक आयस्रोतको महत्वपूर्ण हिस्सा हो । यसलाई प्रभावकारी रुपमा परिचालन गरेर जीतपुरसिमरा उपमहानगरपालिकामा पूर्वाधार विकास, सामाजिक विकास र न्यायका लागि काम गर्ने डा. पौडेलले बताए  ।

 

डा. पौडेलले आफुहरुले विकासको प्रक्रियालाई तीव्र बनाउने, सुशासन, पारदर्शी, भ्रष्टाचाररहित ढंगले काम गरिरहेको बताउ  । करको दरलाई सहुलियतपूर्ण बनाउने र सबैलाई समेटेर अघि बढने डा. पौडेलको भनाई छ  । 

 

कार्यक्रममा बोल्दै उपमेयर एवम् स्थानीय राजस्व परामर्श समिति संयोजक सरस्वती चौधरीले उपमहानगरपालिकाको समग्र विकास र उपमहानगरवासीको हितका लागि स्रोतहरु व्यवस्थापन गर्न लागेको बताइन  । 

 

सपोर्ट फर डेभलपमेन्ट इनिसियटिभ कन्सल्टेन्सीको सहजीकरणमा सम्पन्न कार्यक्रममा कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णु गौतम, विज्ञ पवन लोहनी र दामोदर गिरीलगायतले सहजीकरण गरेका थिए  ।

 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण उप्रेती, कार्यपालिकाका सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.