logo

बिन्दवासीनी गाउँपालिकाका नागरिकले ठोके ताल्चा,खोल्ने बतावरण बनाउन प्रजिअ पौडेलले लिए चासो

      7/22/2018 गते 00 00 मा प्रकाशित     1397   पटक पढिएको

वीरगन्ज ६ साउन । 

बिन्दवासीनी गाउँपालिकाको कार्यालयमा आइतवार वडा नं २ का नागरिकले तालाबन्दी गरेका छन । बहुअर्वा भाठामा रहेको कार्यालयमा १० बजे नै गर्दौलका नागरिकले ताला लगाएका हुन । उनीहरुले गर्दौल गाउमा पानीको निकास नभएका कारणले समस्या भएको भन्दै तालाबन्दी गरेका हुन ।

 

गाउँपालिकाको गत वर्षको पहिलो गाउँसभामा पानीको निकास खोल्नकोलागि   १५ लाख रुपैया बिनियोजन भएको छ । पानी निकासको काम गर्न टेण्डर समेत परेको तर काम नभएकोले स्थानीय नागरिकले आक्रोशीत भएर ताला लगाएका हुन ।


स्थानीय परशुराम यादवको नेतृत्वमा गएको नागरिकको टोलीले कार्यालयमा रहेका सबै कर्मचारीहरुलाई कार्यालय बाहिर निकालेर कार्यालयमा ताल्चा लगाइदिएका हुन । 


समस्या समाधानकालागि गाउँपालिका र स्थानीय प्रशासन र स्थानीय नागरिकवीच भएको छलफलमा गाउँपालिकाले तीन दिन भित्र पानीको निकासको लागि काम गर्ने प्रतिवद्धता जनाएका थियो । तर गाउँपालिकाले भनेको समयमा काम नगरेको भन्दै स्थानीय आक्रोशित भएका हुन । 


पानी जमेका कारण स्थानीयले खेतीपाती समेत गर्न पाएका छैनन । समय घर्के पछिको निकासाले खेतीपाती गर्न असहज हुने भएकोले स्थानीय समस्यामा परेका छन । 


पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले गाउँपालिकाका प्रमुख श्रीलाल साहलाई समस्या समाधानका निम्ति परिणाममुखी काम गर्न आग्रह गरेका छन । 
पौडेलले जनातको समस्या कसरी हल गर्ने भन्ने बिषयनै जप्रतिनिधिको चासोको बिषय हुनु पर्ने बताउदै निकासकोलागि पहलकदमी लिन र नागरिकलाई हल दिन सालाई आग्रह गरेको बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.