logo

स्व नेपालीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

      3/7/2019 गते 00 00 मा प्रकाशित     1453   पटक पढिएको

बीरगंज २३ फाल्गुन । 
नेपाल राष्ट्रीय शिक्षक संगठन पर्सागढीका अध्यक्ष बिश्वनाथ प्रसाद नेपालीको  स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 
नेपाल कम्युनिष्ट पार्टीको पर्सागढी नगरपालिका वडा नं ८ का अध्यक्ष हृदयनारायण साहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

उक्त अवसरमा नेपालीले शिक्षा क्षेत्रमा गर्न खाजेको सुधारका बिषयमा चर्चा भएको थियो । वक्ताहरुले  नेपालीको ब्यक्तित्व र ब्यवहार सदा स्मरणीय रहने बताए । उनीहरुले शिक्षाको क्षेत्रमा सुधार अभियानका योजनाकर्ता रहेका नेपालीको अवसानले निकै ठुलो क्षती पुगेको बताए । 


०४३ सालमा हरपुर गाउँमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टीको पहिलो सचिवको रुपमा राजनीतिक नेतृत्व समेत गरेका नेपालीको योगदानलाई कम्युनिष्ट पार्टीले पनि स्मरण गर्ने नेताहरुले बताए । 


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता चीरन्जीवी आचार्य ,बालकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने नेपाल राष्ट्रीय शिक्षक संगठन पर्साका अध्यक्ष शिवनाथ थारु ,पर्सागढी नगरपालिकाका प्रमुख  लोकनारायण यादव ,नेपाल शिक्षक महासंघ पर्सागढीका अध्यक्ष राम बहादुर चौधरी वार्डअध्यक्ष किसुन देव यादव ,नेपाली कांग्रेसका बिश्महोन दास संघीय समाजवादी फोरम नेपालका रामबढई यादव लगायतले शोक मन्तब्य प्रकट गरेका थिए ।


कार्यक्रममा सम्बिधान सभाका सदस्यहरु रामचन्द्र साह, राजकुमार यादव ,जुनेद अन्सारी ,बिचारी यादव प्रदेश सभाका सदस्य राजेश्वर साह तेली  अरविन्द सिंह सन्तोष घिमिरे ,प्रेस संगठनका राघव साह बृजलाल पासवान लगायतको हसभागिता रहेको थियो ।


२०२० साल बैशाख १ गते जन्मिएका नेपालीे फाल्गुन १२ गते हृदयघात भएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो । स्व .नेपालीका  दुर्ए छोरा र दुई छोरी रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.