logo

कम्युनिष्ट नेता मण्डलको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

      3/30/2019 गते 00 00 मा प्रकाशित     1409   पटक पढिएको

बीरगंज १६ चैत । 
नेकपाका प्रदेश समिति सदस्य एवं मजदुर नेता हरि मण्डलको तेह्रौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा मण्डलको निवास नजिकै भएको कार्यक्रममा अखिल नेपाल ट्र्ड युनियन महासंघका केन्द्रीय सदस्य गणेश रेग्मीले स्व.मण्डलको बारेमा चर्चा गरेका थिए । महासंघको केन्द्रीय सचिवालय सदस्य समेत रहेका मण्डल इमानदार र बिचार प्रति प्रतिवद्ध नेताको रुपमा स्थापित थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, रामचन्द्र साह, प्रतिनिधि सभाका  सांसद शेष चाँदतारा, प्रदेशसभा सदस्य ज्वाला साह, प्रदेश कमिटी सदस्य क्षेत्र बहादुर शश्रेष्ठ लगायतले स्व.मण्डलको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्व.मण्डलको तस्वीरमा माल्यापर्ण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमको संचालन ट्रेडयुनियनका प्रदेश २ का संयोजक मीन प्रसाद आपागाईले गरेका थिए। कार्यक्रममा नेकपा कार्यदल सदस्यहरू, विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको प्रेस संगठन पर्साका अध्यक्ष नीरज पिठाकोटेले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.