logo

प्रदेशका बनमंत्री रायको कलैयामा पुत्ला दहन ,बिकास बिरोधी नबन्न चेतावनी

      9/3/2019 गते 00 00 मा प्रकाशित     1533   पटक पढिएको

कलैया १७ भदौ ।
बाराको कलैयामा  प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको राजिनामा माग गर्दै प्रर्दशन गरिएको छ  ।


बाराकोे निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भनेर अभिव्यक्ति दिएको विरोधमा कलैयाको भरतचोकमा आन्दोलनकारीले मंत्री रायको पुत्ला समेत दहन गरेका छन ।  

मन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठन विद्यार्थी र युवाले मन्त्रीको पुत्ला दहन गरेका हुन ।


विरोध कार्यक्रमलाई सम्बोधन गर्र्दै नेकपा बाराका सदस्य तथा युवा नेता मुकेश साहले जसरी पनि बारामा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण हुनै पर्ने बताए ।

संघीय सरकारको बजेटमा निर्माण हुन लागेको बारा अन्तर्राष्ट्रिय बिमानस्थल बन्न नदिने मन्त्री रायको अभिव्यक्तिले प्रदेश २ सरकार बिकास बिरोधी रहेको प्रष्ट भएको उनले बताए ।


कोण सभामा नेकपा प्रदेश कमिटी सदस्य जितेन्द्र तिवारी, जिल्ला सदस्य मुकेश साह, ध्रुव यादव, रमेश साह, आदिद हुसेन, कौसल सिंह रामबिनेश यादव, विद्यार्थी नेता राजेश गुप्ता, ईमरान आलम लगायतले सम्बोधन गरेका थिए ।


उनीहरुले प्रदेश सरकार विरुद्ध नारा लगाएका थिए । नेताहरुले प्रदेश २ सरकार मुर्दाबाद, मन्त्री राय राजिनामा दे, बारा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण गर, बिकास बिरोधी मन्त्री मुर्दावाद जस्ता नारा लगाएका थिए ।


मन्त्री रायले बारा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउँनका लागि रुख काटन नदिने र बारामा बन्न नदिने अभिव्यक्ति दिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.