logo

र्सिसिया नदीलाई प्रदुषीत बनाउनेलाई छाडिन्नः महानगरप्रमुख 

      11/6/2019 गते 00 00 मा प्रकाशित     1137   पटक पढिएको

बीरगंज २० कार्तिक ।
बीरगंज महानगर तथा स्थानीय प्रशासनले वतावण प्रदुषण संंरक्षणमा योगदान नदिने जो कोहीलाई पनि कारवाही गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन । नेपालको सम्बिधानको धारा ३० मा  प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । र ) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने उल्लेख छ ।

 

स्वच्छ वतावरणमा बाँच्न पाउनु नागरिकको मौलीक हक हो । यही हकलाई उपभोग गर्न अवरोध सृजना गर्ने जो कोही पनि कारवाहीको दायरमा आउने पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनु भयो ।

वीरगन्ज उधोग वाणिज्य संघको कार्यकक्षमा आज आयोजित कार्यक्रममा उधोगका प्रतिनिधिहरुलाई राखेर वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगी  र पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले स्थानीय सरकार र प्रशासनको अवको कदमका बारेमा चेतावनीयुक्त भाषामा जानकारी जानकारी समेत दिएका हुन ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले  नदि तथा नदिको  छेउछाउलाई प्रदुशित  गर्ने उधोगको संचालकहरुलाई कडा भन्दा कडा कार्यवाहि गरिने  बताउनु भयो ।

 

उहाले सबै वडा अध्यक्षहरुलाई आ आफ्नो वडामा रहेका उधोगहरुको अनुगमन गर्न महानगरपालिकाले पत्राचार गरिसकेको बताउदै नदि वा नदिको घाटमा कुनै प्रकारका प्रदुशित वस्तु फालिएको पाइएमा कानुन अनुसार कडा भन्दा कडा कार्यवाहि गरिने बताउनु  भयो । नगर प्रमुख सरावगीले उधोगसंचालनको इजाजत पत्र लिने बेलामा इआइएमा  गरिएको प्रतिवद्धता पुरा गर्नु पर्नेमा जोड दिनु भयो ।


वीरगन्ज उधोग वाणिज्य सघंले आयोजना गरको कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नदि ताल तलाउहरुलाई स्वच्छा राख्न जिल्ला प्रशासन कार्यलय पर्साले महानगपालिकासगं सहकार्य गर्दै छठ पर्व देखि अभियान चलाएको र यो अभियान निरन्तर जारी रहने बताउनु भयो ।उहाले छठ अगावै सिर्सिया नदि कोरीडोरमा रहेका अधिकांस उधोगहरुको अनुगमन आफुहरुले गरेका बताउदै उहाले अधिकांस उधोगहरुले नर्दिलाई छाडा रुपमा प्रदुषित गरेको बताउनु  भयो ।

 

नदिलाई प्रदुषित गर्ने २वटा उधोगहरुलाई कार्यवाहि गरिएको र छठपछि पनि अनुगमन र कार्यवाहिको अभियानलाई निरन्तरता दिने जानकारी गराउनु भयो ।कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले विगतमा उधोगहरुद्धारा भइरहेका गलतीहरुलाई सुधार गर्दै कानुन अनुसार सभा पानि मात्र नदिमा उतसर्जित गर्नु उधोगहरुलाई अनुरोध समेत गर्नुभयो ।

 

कार्यक्रममा उधोग वाणिज्य संघका वारिष्ट उपाध्यक्ष सुवोध गुप्ता ,राष्ट्रिया अनुशन्धान कार्यालय पर्साका एस पि कुमार खडका,जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरिक्ष गौतम थापा ,नगर प्रमुखका प्रेस सल्लाहकार गोविन्द देवकोटा एवम विभिन्न उधोगका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.