logo

र्सिसिया नदीलाई प्रदुषीत बनाउनेलाई छाडिन्नः महानगरप्रमुख 

      11/6/2019 गते 00 00 मा प्रकाशित     1221   पटक पढिएको

बीरगंज २० कार्तिक ।
बीरगंज महानगर तथा स्थानीय प्रशासनले वतावण प्रदुषण संंरक्षणमा योगदान नदिने जो कोहीलाई पनि कारवाही गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन । नेपालको सम्बिधानको धारा ३० मा  प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । र ) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने उल्लेख छ ।

 

स्वच्छ वतावरणमा बाँच्न पाउनु नागरिकको मौलीक हक हो । यही हकलाई उपभोग गर्न अवरोध सृजना गर्ने जो कोही पनि कारवाहीको दायरमा आउने पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनु भयो ।

वीरगन्ज उधोग वाणिज्य संघको कार्यकक्षमा आज आयोजित कार्यक्रममा उधोगका प्रतिनिधिहरुलाई राखेर वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगी  र पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले स्थानीय सरकार र प्रशासनको अवको कदमका बारेमा चेतावनीयुक्त भाषामा जानकारी जानकारी समेत दिएका हुन ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले  नदि तथा नदिको  छेउछाउलाई प्रदुशित  गर्ने उधोगको संचालकहरुलाई कडा भन्दा कडा कार्यवाहि गरिने  बताउनु भयो ।

 

उहाले सबै वडा अध्यक्षहरुलाई आ आफ्नो वडामा रहेका उधोगहरुको अनुगमन गर्न महानगरपालिकाले पत्राचार गरिसकेको बताउदै नदि वा नदिको घाटमा कुनै प्रकारका प्रदुशित वस्तु फालिएको पाइएमा कानुन अनुसार कडा भन्दा कडा कार्यवाहि गरिने बताउनु  भयो । नगर प्रमुख सरावगीले उधोगसंचालनको इजाजत पत्र लिने बेलामा इआइएमा  गरिएको प्रतिवद्धता पुरा गर्नु पर्नेमा जोड दिनु भयो ।


वीरगन्ज उधोग वाणिज्य सघंले आयोजना गरको कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नदि ताल तलाउहरुलाई स्वच्छा राख्न जिल्ला प्रशासन कार्यलय पर्साले महानगपालिकासगं सहकार्य गर्दै छठ पर्व देखि अभियान चलाएको र यो अभियान निरन्तर जारी रहने बताउनु भयो ।उहाले छठ अगावै सिर्सिया नदि कोरीडोरमा रहेका अधिकांस उधोगहरुको अनुगमन आफुहरुले गरेका बताउदै उहाले अधिकांस उधोगहरुले नर्दिलाई छाडा रुपमा प्रदुषित गरेको बताउनु  भयो ।

 

नदिलाई प्रदुषित गर्ने २वटा उधोगहरुलाई कार्यवाहि गरिएको र छठपछि पनि अनुगमन र कार्यवाहिको अभियानलाई निरन्तरता दिने जानकारी गराउनु भयो ।कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले विगतमा उधोगहरुद्धारा भइरहेका गलतीहरुलाई सुधार गर्दै कानुन अनुसार सभा पानि मात्र नदिमा उतसर्जित गर्नु उधोगहरुलाई अनुरोध समेत गर्नुभयो ।

 

कार्यक्रममा उधोग वाणिज्य संघका वारिष्ट उपाध्यक्ष सुवोध गुप्ता ,राष्ट्रिया अनुशन्धान कार्यालय पर्साका एस पि कुमार खडका,जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरिक्ष गौतम थापा ,नगर प्रमुखका प्रेस सल्लाहकार गोविन्द देवकोटा एवम विभिन्न उधोगका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.