logo

राजपा नेपाल पर्साको पहिलो बैठक सम्पन्न  चौबीसें घण्टा जनताको साथमा रहन अध्यक्ष सिंहको निर्देशन 

      11/20/2019 गते 00 00 मा प्रकाशित     1546   पटक पढिएको

वीरगंज,  ४ मंसीर ।
जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ ।

 

बैठकमा उपस्थित भएका जिल्ला पार्टीका अगुवा तथा भातृ संगठनका प्रमुखहरुलाई नेता सिंहले चौविसै घण्टा जनताको समस्यामा साथ रहन निर्देशन दिनुभएको छ । नेतृत्वमा बस्ने र माईन्युटमा नाम मात्रै लेखाएर हुँदैन तपाईँहरु जनताको माझमा जानुस, उहाँहरुको मसस्यामा सँगै उभीएर समाधान गराउनुस नेता सिंहले भन्नुभयो । 

 


    नेता सिंहले जिल्लाको बलियो नेतृत्व अभावलाई पुरा गर्नको लागि आफुले जिल्लाको नेतृत्व सम्हालेको बताउँदै अन्य पार्टी भन्दा फरक रुपमा प्रस्तुत हुने दावि गर्नुभयो । हामि अरु जस्तो गरी चलेर हुँदैन नयाँ नेतृत्वले नयाँ तरिकाले काम गर्छ तपाइँहरु पनि स्वच्छ छवि बनाएर त्यसको लागि तयार हुनुस नेता सिंहले भन्नुभयो । सिंहको नेतृत्वमा बसेको बैठकलाई पार्टिको गतिविधिलाई जनस्तरमा केन्द्रित गर्नका लागि पर्साको चारै क्षेत्र र महानगर पालिका लगायत सवै नगरपालिकामा समेत मंसीर महिना भित्र पार्टी कार्यालय खोल्ने निर्णय गरेको छ ।

 

जिल्ला अध्यक्ष राजेश मान सिंह अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षहरू मदन यादव , जटाशंकर गुप्ता , प्रदीप चौरसिया , सचिव उमेश लाल सहनी , सह(सचिव उमाशंकर प्रसाद सर्राफ , केन्द्रीय सदस्यहरू बाबुलाल यादव , शम्भु चौरसिया, महाबीर शर्मा , मिनु ठाकुर , परमानन्द चौधरी , बरकतुल नेसा , प्रतिमा जोशी , इन्दु सिंह , मुस्लिम बिभाग को केन्द्रीय संयोजक खैरूद्दी मियाँ , महानगर अध्यक्ष लियाकत अली , अजय साह , क्षेत्रीय अध्यक्षहरू अयुब मियाँ , बैजु स्वर्णकार , मनोज ठाकुर , अकलेश यादव  , जिल्ला नेताहरू रियाज मियाँ , सलाउद्दीन मंसूरी , जबार मंसूरी , चन्द्रिका सहनी , राहुल सर्राफ , नेताहरू बिष्णु पटेल , अफरोज आलम , संजीव यादव ,भुषाल चौरसिया ,  बिधार्थी नेताहरू मधुसूदन चौरसिया , सुमित चौरसिया , अमित यादव , महिला नेतृहरू संगीता दास , रेखा पासवान लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.