logo

नेपालको कम्युनिष्ट आन्दोलनका शिखरपुरुष पुष्पलालको पर्सा एमालेले गर्यो  सम्झना

 इसीमाना सम्वाददाता     २०७८ सावन ७ गते ०९: ३० मा प्रकाशित     779   पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवसको अवसरमा पर्साका बिचार गोष्ठी सम्पन्न भएको छ । 

 


नेकपा एमाले पर्साको पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको बिषयमा चर्चा भएको थियो ।

 

नेपाली समाजको प्रधान अन्तरबिरोधका बारेमा सुविचारित रुपमा ब्याख्या गर्नु भएका पुष्पलाल नेपालको कम्युनिष्ट पार्टीको जन्मदाता हुन  ।

 

१९४८ मा माक्र्स र एन्गेल्सले लेख्नु भएको कम्युनिष्ट घोषणा पत्रको नेपाली अनुवाद पुष्पलालले २००५ सालमा गर्नु भएको थियो । यस अर्थमा उहाँले माक्र्सवादी साहित्यकार पनि हो ।

 

नेपालमा लोकतन्त्रको निर्माणकालागि संयुक्त जनआन्दोलनको बाटो देखाउनु हुने पुष्पलाल भविष्यद्रष्ट हुनुहुन्थ्यो । 


सामन्तवाद, दलाल नोकरशाही पूजीवाद र सामाज्यवादको शोषण दमन र उत्पीडिनका बिरुद्ध नेपाली श्रमजीवी जनताको संघर्षलाई सही रुपमा दिशाानिर्देशन गर्ने पुष्पलालको योगदान नेपालको कम्युनिष्ट आन्दोलनमा बिशिष्ट खालको रहेको वक्ताहरुले जोड दिनु भयो ।  


बिक्रम संवत २००६ साल बैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नु भएको थियो ।

 

१५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रकारूपमा रामेछापमा जन्मिनु भएका पुष्पलालले प्रवासमा बसेर नेकपाको गतिविधि संचालन गर्नु भएको थियो ।

 

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो ।


पुष्पलालको स्मृति कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रभु हजारा, विश्मभर शर्मा, बिना शर्मा ,जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुर न्यैपाने, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी .लामिछाने, पत्रकार महासंघका प्रदेश महासचिव श्याम बञ्जारा,नेपाल पत्रकार महासंघ पर्साका कोषाअध्यक्ष संजिव मिश्रा, विद्यार्थी नेता शिवजी गुप्ता, बीरगंज महानगरपालिका २३ का  वडा अध्यक्ष अवधकिशोर कुशवाहा , ११ का वडा अध्यक्ष प्रधुमन् सेढाई , युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र यादव , नारायणी अस्पताल विकास समितिका सदस्य सन्तोष पासवान,खेलकुद महासंघका सह महासचिव राम किशोर सिंह पराग,अखिल केन्द्रिय सदस्य हेमन्त तामाङ , रञ्जु दाहाल फुयाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष रेयाज अंसारी ,चान्सी साह, नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य अकलेश साह, पवन पाण्डे लगायत नेकपा भातृ संगठनका नेताहरुको सहभागिता रहेको थियो।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.