logo

पकाहाँ मैनपुरमा भ्रष्टाचार बिरुद्ध युवाहरु सडकमा, पारदर्शीता कायम नगरे आन्दोलनको आँधीबेहरी सृजना गर्ने युवाहरुको हाँक

 इसीमाना सम्वाददाता     २०७८ सावन २७ गते ०९: ०५ मा प्रकाशित     736   पटक पढिएको

पकाहाँ मैनपुर गाउँपालिकाका युवाहरुले गाउँपालिका नेतृत्वसंग आर्थिक पारदर्शीताको माँग गरेका छन । उनीहरुले पर्सा जिल्लाको पकाहामैनपुर गाँउपालिका गाउँपालिका संचालनमा आएदेखी विभिन्न शिर्षकमा  भएका भएको आर्थिक कारोवार सार्वजनीक गर्न माँग गरेका हुन ।

 

उनहीले गाउँपालिकामा अथाह भ्रष्टाचार भएको अरोपलगाउदै हिसाव सार्वजनीक गर्न ज्ञापन पत्र समेत बुझाएका छन । 

 

पकाहामैनपुर युवा संजालको अगुवाईमा बिहान  मोटरसाईकल र्याली पछि युवहाहरुको टोलीले  १५ बुंदे ज्ञापनपत्र बुझाएको हो ।


पकाहा मैनपुर चौकबाट सुरु भएको मोटरसाईकल रयाली गाँउपालिका परिक्रमा गरि गाँउपालिका  कार्यालयमा गएर अध्यक्ष विजय चौरसीयालाई ज्ञापनपत्र बुझाइएको पकाहामैनपुर युवा संजालका अकलेश साहले बताए ।

 

बिहान ११ बजे गाँउपालिका अध्यक्ष चौरसीयालाई ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्षकै निकट ठेकदार , कार्यालय सहयोगी र अन्य सर्मथकले ज्ञापनपत्र बुझाउन गएको टोलीलाई निषेध गर्न खोजेका थिए । यस क्रममा  झडप पनि भएको संजालका राकेश कुशवाहाले बताए ।

 

लामो समयदेखि गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले काम नै नगरी बजेट पचाएको ,बिकाश गरेपनि गुणस्तरहिन गरेको ,जनताका काम र गुनासो सम्बोधनमा जनप्रतिनिधिल वेवास्ता गरेको गुनासो बढेपछि संजालले पारदर्शीताको माँग गरेर अगाडि बढेको हो ।


यस्तै मधेश आन्दोलनमा सहादत भएका शत्रुघन पटेलकि आमा गाँउपालिकाकाकि उपप्रमुख कुसुम देवी पटेललाई संजालले दोसाल्ला ओढाएर युवा संजालले सम्मान गरेको छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा संजालका राजेश सहनी , प्रमोद पटेल,दियनारायण ठाकुर , हरीचन पटेल , विकास सोनी , अनिल पटेल , अम्बिका पटेल,विनय कुशवाहा ,सन्दिप सहनी , सिकेन्द्र सहनी, धिरज बर्नवाल ,कुनाल पटेल , अक्षय पटेल ,विकि दास , सुदर्शन साह लगायतकाहरुको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.