logo

गद्धारीपूर्ण इतिहास बोकेका बिश्वकर्मा सहित गुरुङ नेकपा एसमा,मंत्रीपदको आश्वासन पछि गरे सनाखत

 इसीमाना सम्वाददाता     २०७८ भदौ २० गते ०५: २७ मा प्रकाशित     936   पटक पढिएको

भदौ १७ गते जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर दुबैजना एकीकृत समाजवादीको पक्षमा रहेका ११ प्रदेश सभा सदस्यले सनाखत गरेका थिए ।

 

प्रदेश सभाका दुई सदस्य सुन्दर बहादुर बिश्वकर्मा र सीता गुरुङ भने सोही दिन बीरगंजमा सम्पन्न भएको नेकपा एमालेको प्रदेश कमिटीको बैठकमा सहभागि भएका थिए ।

 

बैठकमा पार्टीको बारा जिल्ला कमिटीको अध्यक्षको हैसियतमा बिश्वकर्माले बारामा पार्टीको अवस्थाको बारेमा रिपोटिङ गरेका थिए । पार्टीलाई मजवुत र जनताकोवीचमा स्थापित गर्न सिंगो पार्टीलाई क्रिाशिल बनाउने प्रतिवद्धता जनाएका थिए ।

 

तिनै बिश्वकर्मा र गुरुङ आइतवार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर दुबैजना एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन । यो संगै नेकपा एस का प्रदेश २ को सभामा १३ जना सदस्य पुगेका छन । 


२१ जना प्रदेश सांसद रहेको एमालेमा अब मात्र ८ सांसद बाँकी छन । एमालेका १३ जना प्रदेश सांसद एकीकृत समाजवादीमा सनाखत गरिसकेको छ । 


प्रदेश सभाको गठन पछि एमालेको संसदीय दलको नेता चयन हुदा नै बिश्वकर्मा र गुरुङले समुह परिर्वतन गरेका थिए । त्यतीबेला पनि माधव नेपाल समुहमा रहेका उनीहरुले  संसदीय दलको नेताको चयनमा भने के.पी.ओली समुहका नेता सत्यनारायण मंडललाई भोट हालेका थिए ।

 

त्यसबाट बिश्वकर्माले पुरस्कारमा संसदीय दलको सचेतकको जिम्मेवारी पाएका थिए । आफनो समुह प्रति बिश्वकर्मा  र गुरुङले इमान्दारिता देखाउन सकेको भए अर्का नेता शत्रुघ्न महतो उतिबेलै संसदीय दलको नेतामा चयन हुन्थे ।

 

नेकपा कालमा पार्टी भित्रको आन्तरिक बिवादमा पनि बाराको अध्यक्ष रहेका बिश्वकर्माले पटक पटक अस्थिर चरित्र प्रर्दशन गरेका थिए । कहिले के.पी.ओली समुहमा रहेको बिज्ञप्ति जारी गर्ने कहिले माधव प्रचण्ड समुहमा फर्केको बताउने ।

 

यो क्रम बिश्वकर्मा र गुरुङले पटक पटक दोहर्याएका थिए । गुरुङ र बिश्वकर्माको राजनीतिक जोडी पार्टी भित्र पनि चर्चाको बिषय बन्ने गरेको छ । पछिल्लो पटक पनि बिश्वकर्मा र गुरुङले नेकपा एस संग दुई मंत्री पद माँग गरेको नेकपा एसका एक नेताले बताएका छन ।

 

माधव नेपालको गृहप्रदेश २ मा यसै पनि प्रदेश सभामा माधव नेपाल समुह बलियो रहेको अवस्थामा आफनै समुहका दुई सदस्य एमालेमा बस्ने कुरा माधव नेपालको राजनीतिक प्रतिष्ठाकालागि पनि गम्भिर बिषय थियो । उता आफनो बार्गेनिङ पावर बढाउन बिश्वकर्मा र गुरुङ एमालेको अभियानमा संलग्न भएका थिए ।

 

बिश्वकर्मा र गुरुङको अवसरवादी चरित्रका कारण आजीत नेकपा एसको प्रदेश २ कमाण्डले मंत्री पदको आश्वासन दिएपछि लामा र बिश्वकर्माको यो जोडी नेकपा एसमा खुलेको स्रोतको दावी छ । 


राजनीतिक रुपमा पल पल बिचलित हुने । अवसरकालागि सबै प्रकारका बैध अबैध र सम्झौता परस्त काम गर्ने छावि भएका बिश्वकर्मालाई पार्टीले भने पटक पटक अवसर दिएको थियो । 


०५८ सालमा दलीत उत्थान प्रतिष्ठानको निर्देशक हुदा राजाको कदमको स्वागगत गर्दै  बिश्वकर्माले  बिज्ञप्ति जारी गरेका थिए । त्यतीबेलानै मुक्ति समाजको समेत केन्द्रीय सदस्य रहेका बिश्वकर्मालाई संगठन र पार्टीको सदस्य समते नरहने गरि दण्डीत गरेको थियो ।

 

पार्टी भित्रको गुटगत राजनीतिले निम्त्याएको द्वण्द्वको उपयोग गर्दै कम्युनिष्ट आन्दोलनको उर्वर भूमी बारा जिल्लाको पार्टीको अध्यक्ष भएका बिश्वकर्माले आफूलाई मात्र केन्द्रमा राखेर एमालेको दिएको पद र प्रतिष्ठा आफनै हितमा उपयोग गरे पार्टी कमजोर भयो बिश्वकर्माले अवसर पाइरहे । 

 


तिनै बिश्वकर्मा र लामा जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेसंगै एमाले भन्दा बलियो समाजवादी भएको छ ।

यसअघि  गत बिहीबार एमालेका ११ जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए । प्रदेश सांसदहरु सत्रुध्न महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव , प्रमोद यादव र डिल्ली उप्रेतीले सनाखत गरेका थिए । यादव र डिल्ली उप्रेतीले सनाखत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.