logo

समाजवादी पार्टी पर्साको आग्रह घरमै बसौ सरकारी निर्णय पालना गरौ 

      3/23/2020 गते 00 00 मा प्रकाशित     1648   पटक पढिएको

बीरगंज १० चैत ।  विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट आफू पनि बच्न र अरुलाई पनि सुरक्षित राख्न समाजवादी पार्टी पर्साले अनुरोध गरेको छ ।

समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा जारी प्रेस बिज्ञप्तीमा वर्तमान समयमा कोरोना (कोभिन–१९) भाइरसको संक्रमणले गर्दा उत्पन्न भएको मानवीय संकटको घडीमा यस विपतबाट बच्न नेपाल सरकारले जारी गरेको निर्णय र निर्देशनप्रति समाजवादी पार्टी पर्साले धन्यबाद प्रकट गरेको छ ।

 

विश्वभर आक्रमक रुपमा फैलिरहेको कोरोनाबाट सचेत र सतर्क रहन अतिआवश्यक प्रयोजन बाहेक घरबाहिर ननिस्कन, अनावश्यक भिडभाड नगर्न, मास्क लगाएर मात्रै हिँड्न, हात नमिलाउन, साबुन पानी र सेनिटाइजरले हात सफा राख्नु अहिले सबैको लागि आवश्यक रहेको विज्ञप्तीमा उल्लेख छ ।

 

कोरोना भाइरस जस्तो आपतकालिन अवस्थामा सभा समारोह, बैंठक, भेला गर्न नहुने भएकोले समाजावादी पार्टीद्वारा संचालन गरिएको ‘‘संगठन विस्तार तथा सुदृढिकरण अभियान’’ का साथै अन्य कार्यक्रमहरु समेत स्थगित गरेको र अगामी १७ गतेसम्मका लागि पार्टी कार्यालय बन्द गरिएको जनाएको छ ।

 

कोरोना भाइरसबाट आफू जोगिन र अरुलाई जोगाउन सावधानी अपनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न समाजवादी पार्टी पर्साले अनुरोध गरेको छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.