logo

गोरखापत्रमा  १५ वर्षदेखि कार्यरत २९ जना पत्रकार हटाइयो,पूर्नवहाली गर्न महासंघको माँग 

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १६ गते ०३: ४९ मा प्रकाशित     639   पटक पढिएको

गोरखापत्र संस्थानमा विगत १५ वर्षदेखि कार्यरत २९ जना पत्रकारलाई सरकारले हटाउने निर्णय गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

संस्थानले  विभिन्न जिल्लामा करार सेवामा कार्यरत रहेका संवाददाता तथा स्ट्रिन्जर पत्रकारलाई हटाउने निर्णय गरेको छ । महासंघका महासचिव रोशन पुरीले बिज्ञप्ति जारी गरेर संस्थानको निर्णयलाई पत्रकारको पेशागत सुरक्षा र स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको उल्लेख गरेका छन । 

 सरकारले लामो समय काम गरिरहेका श्रमजीवी पत्रकारलाई एकाएक हटाएको यो घटनाले श्रमजीवी पत्रकारका सवालमा सरकारको अनुदार व्यवहार प्रष्ट्याएको छ महासचिव पुरीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

 

सरकारको यो कदम श्रमजीवी पत्रकार ऐनविरुद्ध हुनुका साथै श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको महासंघको ठहर छ ।

 

महासंघ सरकारको यो कदमप्रति कडा आपत्ति प्रकट गर्दै हटाइएका सबै पत्रकारलाई तत्काल पुनर्बहाली गर्न माग गर्दछ बिज्ञप्तिमा भनिएको छ। अन्यथा श्रमजीवी पत्रकारको पक्षमा संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासंघ जानकारी गराउन चाहन्छ ।

साथै, सरकारी सञ्चारमाध्यममा हरेक सरकार परिवर्तनपछि नयाँ नियुक्त गर्ने र पुरानोलाई निकाल्ने परम्पराको स्थायी समाधानका लागि महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.