logo

१० औ महाधिवेशनकालागि प्रतिनिधि निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनीक १६ जना प्रतिनिधि जाने 

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २३ गते ०२: ०० मा प्रकाशित     905   पटक पढिएको

नेकपा एमालेले १० औ राष्ट्रीय महाधिवेशकालागि प्रतिनिधि चयन सम्बन्धमा निर्वाचन कार्यताकिलका सार्वजनीक गरेको छ ।

 

नेकपा एमालले महाधिवेशन प्रतिनिधिहुनका लागि मापदण्ड समेत तोकेको छ , महाधिवेशन प्रतिनिधि बन्नकालागि पार्टी सदस्यता प्राप्त गरेको दश वर्ष पुगेको हुनु पर्छ । तर महिला, मजदुर ,दलीत ,आदीवासी , अल्पसंख्यक समुहका ब्यक्तिले भने पार्टी सदस्यता प्राप्त गरेको ७ वर्ष भएको हुनु पर्छ ।


निर्वाचन क्षेत्रमा १ हजार २ सय पार्टी सदस्य रहेमा एक महिला अनिवार्य सहित अन्य २ जना र थय ८ सय सदस्यमा १ जना थप प्रतिनिधि निर्वाचित हुने छ । थप हुदा थीन जना थपिने भएमा एक महिला अनिर्वाय हुने प्रावधान एमालेले बनाएको छ ।

 

पर्सा जिल्लामा एमालेको १० औ महाधिवेशनमा १६ जना प्रतिनिधिले सहभागिता जनाउने पर्सा अध्यक्ष प्रभू हजराले बताए । पर्सामा एमालेका ५ हजार ६ सय पार्टी सदस्य रहेका छन । प्रत्येका निर्वाचन क्षेत्रबाट एक महिला सहित ३ जनाको निर्वाचित हुने छ ।

 

पर्साको क्षेत्र नं ४ मा सबैभन्दा बढी २ हजार ५ सय १७ सदस्य रहेका छन । त्यहाबाट ५ जना प्रतिनिधि चयन हुने छन । अन्य क्षेत्रबाट तीन ,तीन जना निर्वाचित हुने छन । 


त्यस्तै दलीत , मजदुरबाट पनि केही प्रतिनिधि पर्ने छन । महाधिवेशन प्रतिनिधि निर्वाचन सम्बन्धी कार्यतालिका समेत निर्वान समितिले सार्वजनकी गरेको छ ।

 पर्सा जिल्लामा महाधिवेशन  प्रतिनिधिको निर्वाचन पेचिलो बन्ने देखिन्छ । प्रतिनिधि सख्या कम र नेता धेरै भएकोले पनि ब्यवस्थापनको समस्या रहेको छ ।  महाधिवेशन प्रतिनिधिका आकांक्षीहरु धेरै नै छन ।

 

पर्साको क्षेत्र नं १ मा सबैभन्दा बढी आकांक्षीहरु रहेका छन । पार्टी अध्यक्ष प्रभू हजरा,  अरविन्द सिंह, प्रदेश सदस्यहरु नवराज शर्मा, शम्भू गुप्ता पत्रकारहरु के.सी.लामिछाने, महेश दास, श्याम बन्जारा ,  सुन्दर कुर्मी राजेन्द्र यादव ,मुना दाहाल, शिव गुप्ता,लालबाबु शेख, जुनेद अन्सारी, बिचारी यादव,बसरुदिन अन्सारी, क्षेत्र नं २ मा राजकुमार गुप्ता,गोकर्ण पाठक, क्षेत्र नं ३ मा प्रदुम्न चौहान, हरिनारायण चौधरी, क्षेत्र नं ४ मा जयप्रकाश थारु, मनोज गुप्ता,गंगा बहादुर खडका, लाल बहादुर श्रेष्ठ, ठाकुर न्यौपाने , गोकुली कुमारी रेग्मी ,उषा थारु, शशी कपुर चौधरी, रामप्रित चौधरी लगायतका नेताहरु प्रतिनिधिको आकांक्षी रहेका छन । पर्सामा महाधिवेश प्रतिनिधि सर्वसम्मत रुपमा चयन गर्ने कुरामा पनि नेताहरुको पहल जारी रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.