logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध वीरगञ्जमा एमाले अखिलको प्रदर्शन, मूल्य बृद्धि फिर्ता गर्न माँग

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २७ गते ०६: ५९ मा प्रकाशित     729   पटक पढिएको

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै वीरगञ्जमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियनले खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको हो ।

 

अनेरास्ववियु पर्साका संयोजक रेयाज अन्सारीको नेतृत्वमा वीरगञ्जको घन्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, आदर्शनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । अनेरास्ववियुका  नेताहरूले मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्दै ‘प्रधानमन्त्री देउवा मुर्दावाद’, ‘नाफाघाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ,’ ’जनतामारा सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए । 


कोणसभालाई सम्बोधन गर्दै अनेरास्वविययुका केन्द्रीय सदस्य हेमन्त तामाङले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा भ्रष्ट सरकारको रुपमा प्रमाण्ति भएको आरोप लगाए । अहिलेको सरकार आफ्नै जनतालाई सुख र समृद्धि दिनुपर्नेमा उल्टै लुट्न र जनतालाई पीडा दिन मात्रै केन्द्रित भएको तामाङ्को भनाई छ । 


सभालाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका सचिव एवं पूर्व विद्यार्थी नेता रामकिशोर सिँह (पराग) ले जनतालाई मार्ने र सास्ती दिने काम तत्काल नरोके र पेट्रोलियम पदार्थको मुल्य वृद्धि बिरुद्ध चरणबद्ध रुपमा सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी  दिए ।

 

प्रदर्शनमा अनेरास्ववियुका केन्द्रीय सदस्य मेराजुल हवारी, अकलेश साह, नेताहरु जावेद हवारी, विकेश यादव, जेयाद अन्सारी, ठाकुरराम बहुमुखी क्याम्पस कमिटीका संयोजक आसिफ अहमद, अखिलका राष्ट्रिय परिषद् सदस्य विकास यादव, विद्यार्थी नेता भक्ति अग्रवाल, नितेश वर्णवाल, अनिकेत श्रीवास्तव, पुकार सुवेदि, तुफैर अंसारी, सुजित मण्डल लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.