logo

समावेशिताको राग अलाप्ने जसपाको प्रदेश पदाधिकारीमा छैनन गैर मधेशी

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १५ गते ०८: ४३ मा प्रकाशित     669   पटक पढिएको

 

जनता समाजवादी पार्टीले रामबाबु यादवको नेतृत्वमा मधेश प्रदेश समिति घोषणा गरेको छ ।

बुधबार जनकपुरधाममा प्रदेश समितिका पूर्व अध्यक्ष विजय कुमार यादवले रामबाबु यादवको नेतृत्वमा ११ सदस्यीय समिति घोषणा गरेका हुन् ।

समितिमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक मुख्यसचिव, ३ सचिव र एक कोषाध्यक्षको नाम घोषणा गरिएको हो ।


उपाध्यक्ष पदमा रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र राम सेवक यादव छन् भने मुख्य सचिवमा दिनेश कुमार यादव, सचिवमा  युसुफ अलि, निरा साह  शैलेश कुमार साह र कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको जसपाका केन्द्रिय कार्यकारिणी सिमति सदस्य समेत रहेका मन्त्री विजयकुमार यादवले बताए ।

 

समावेशिताको राग अलाप्ने जसपाले आफनो पदाधिकारीमा एक जना पनि जनजाती आदीवासीलाई समेटन सकेको छैन । प्रदेश नं २ मा रहेको गैर मधेशी समुदायलाई पनि पदाधिकारीमा समेटन सकेको छैन ।

 

 

आफनै संरचना समावेशी बनाउन नसक्ने जसपाले समावेशिताको नारा भने निकै लगाउने गरेको छ । प्रदेश २ को धनुषा बाहेकका जिल्लामा थारु समुदायको सघन बस्ती रहेको छ ।

 

जसपाको नेतृत्वमा रहेको प्रदेश सरकारले तमाङ समुदायको लोसारमा सार्वजनीक बिदा दिएर समावेशिताको नमुना प्रस्तुत गर्छ तर  आफनै पार्टीको संरचनामा भने समावेशि अनुहार देखाउन रुची देखाउदैन । प्रदेश समितिमा चयन भएका पदाधिकारीको चेहराले त्यही देखाउछ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.