logo

काग्रेसमा हस्तीहरु पराजीत,नीति गौण,अन्तरघातका क्षिद्रहरु बढ्ने

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १७ गते ०३: ४१ मा प्रकाशित     1528   पटक पढिएको

नेपाली कांग्रेस पर्साको अधिवेशनमा हस्तीहरु पराजीत भएका छन । शहीद तेज बहादुर अमात्यका पुत्र राजेन्द्र बहादुर अमात्यले महाधिवेशन प्रतिनिधिमा निर्वाचन हार्नु परेको छ ।

 

नेपाली कांग्रेस पर्साको सभापति रहिसकेकाका शहीद पुत्र अमात्य संबिधान सभाका सदस्य पनि हुन । उनले महाधिवेशन प्रतिनिधिमा चुनाव जित्न सकेनन ।  नेपाली कांग्रेस भित्र उच्च बौद्विक क्षमता भएका दुई जना ता बिद्यावारिधी गरेका डा.भगवान यादव र डा.सुष्मा तिवारी पनि महाधिवेशन प्रतिनिधिमा डिफिटेड हुनु पर्यो ।

 

ठाकुरराम बहुमुखी क्याम्पसको सहायक प्रमुख भइसकेका नेपाली कांग्रेस पर्साको बहारवाला जिल्ला सचिव रोशन लामिछानेलाई पनि मतदाताले अस्विकार गरिदिए । सामाजिक आन्दोलनको अग्लो कद श्याम पोख्रेलले पनि हार्नु पर्यो । यद्धपी पोख्रेल कुनै खेमामा नभएका कारण हार भोग्नु परेको काग्रेसजनकै बिश्लेषण छ ।

 

जनप्रतिनिधिको रुपमा काम गर्दै आएका हविव मिया, ध्रुब नेपाल, ब्रहमदेवराउत कुर्मीलाई पनि काग्रेस मतदाताले मन पराएको देखिएन । महाधिवेश प्रतिनिधिमा प्रतिस्पर्धा गर्न उत्रिएका पत्रकार अशोक तिवारीलाई पनि मतदाताले बिजयको शिखरमा पुरयाउन रुची देखाएनन । पुराना काग्रेसी नेता जोखन दास थारुले पनि  हार ब्यहोर्नु पर्यो ।

 

महिला नेतृहरु रुपा देवी श्रेष्ठ,बिद्या श्रेष्ठ उत्तमा प्याकुरेलपनि अस्वीकृत हुन पुगे । बाहलवाला नगरसभापति भोला कलवारले हार भोग्नु पर्यो ।हरेन्द्र सिंह बिर बहादुर यादव पनि मतदाताको रोजीमा पर्न सकेनन । नेपाली कांग्रेस पर्साले लोकतन्त्रको नाममा गरेको निर्वाचन अभ्यासले पार्टीपंक्ति भित्र तिक्तता बढाउने देखिएको छ ।

 

अन्तरकलह र अन्तरघातको रिन्तरको श्रृखंलाका कारण लामो समयदेखी पराजयको पीडा भोगेको कांग्रेसले यो निर्वाचनबाट उत्साहको संचार भने गर्न सकेन । नेपाली कांग्रेसमा कार्यकर्ता पंक्तिले काम गर्नेहरुको मूलयाकंन गर्ने भएपनि नेताहरुले पार्टी भन्दा पनि आफना मान्छे बनानउने काम गरेपछि कांग्रेस एकतामा ग्रहण लागेको छ ।

 

नव निर्वाचित क्षेत्रीय सभापति अरविन्द गुप्ताको धारणा पनि यस्तै छ । एउट प्रश्न मना उब्जेको छ म नेताहरुकालागि  राम्रो कहिले हुन्छु के काम गर्दा हुन्छु गुप्ताले भने यो प्रश्नको जवाफ  कार्यकर्ता पंक्तिबाट त पाए मेरो जित त्यसको जवाफ हो तर नेताहरुले जवाफ कहिले दिन्छन त्यसको प्रतिक्षा छ ।

पार्टीको काम गर्दा नेताको नभइने प्रवृतिका कारण यस्ता प्रश्नहरु उठने गरेका छन । यसको जवाफ समग्रतामा खोजे मात्र पर्सा काग्रेसले जनमताको सम्मान गर्ने वतावरण बन्न सक्छ । बिद्यावरिधी गरेकाहरु अध्यापकहरु चुनाव हार्ने जुन वतावरण बनेको छ यसले काग्रेसको नीति निर्माणमा कस्तो असर पार्ला भन्ने प्रश्न उब्जेको छ ।

 

डा.तिवारीले सामाजिक संजालमा गर्भमै एउटा राम्रो उद्देस्य लिएर केहि अरु भन्दा राम्रै, स्वच्छ र इमान्दारिताका सपना बोकेर हिड्न खोजेर, संसारमा आउन खोज्नेलाई मार्न खोज्नु हुने सम्पूर्णमा धन्यबाद भनेर लेख्नु भएको छ ।

 

हेर्दा सामान्य वाक्य जस्तो लाग्ने भएपनि यस भित्रको मर्म भने निकै अर्थपूर्ण छ । हिजोको निर्वाचनमा अन्तरघातको जुन सवाल थियो यो निर्वाचनले त्यसैलाई बल पुर्याउने तर्क स्वयं काग्रेसजनले गरेको देखिन्छ निर्वाचनले जित्नेले संसार जिते जस्तो र हार्नेले सबै गुमाएको जस्तो देखिएकोले अन्तरघातको क्षिद्र बढने बिशलेषण गर्न थालिएको छ । यसको असर आउने निर्वाचनमा देखिने छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.