logo

प्रेस सेन्टर नेपालको अध्यक्षमा सर्वसम्मत अन्य पदाधिकारी छनौट बिना महाधिवेशन सकियो

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १९ गते ०८: ४७ मा प्रकाशित     863   पटक पढिएको

 विष्णु सापकोटा ‘जुगल’ सत्तारुढ नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा  सर्वसम्मत रुपमा चयन भएका छन् । अन्य पदाधिकारी चयन हुन भने बाँकी नै छ । योे संगै चाथौ राष्ट्रीय सम्मेलन पनि सकिएको छ ।


हिजोदेखि चितवनमा जारी सेन्टरको चौथो महाधिवेशनले सापकोटालाई अध्यक्षमा चयन गरेको हो । माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहाकार रहेका उनी प्रेस सेन्टरको निर्वतमान महासचिव पनि हुन् ।

 

त्यस्तै महाधिवेशनको बन्दसत्रबाट १ सय ९१ केन्द्रीय सदस्यको नाम समेत घोषणा भएको छ। प्रेस सेन्टरको केन्द्रीय समिति १ सय ९९ जनाको हुने छ। बाँकी केन्द्रीय सदस्य मनोनय गरिनेछ ।


अध्यक्ष बाहेक अन्य पदाधिकारीमा दावेदार धेरै छन् । अरु पदाधिकारी केन्द्रीय कमिटीको बैठकबाट टुग्याउने गरि महाधिवेशन सकिएको हो । पदाधिकारीमा दावेदार धेरै भएकोले महाधिवेशनको निर्धारित समय सकिएकोले पदाधिकारीको अन्तिम टुगो केन्द्रीय कमिटीको बैठकले लगाउने गरि सहमती बनेको  प्रेस सेन्टर नेपालका नवनिर्वाचित केन्द्रीय सदस्य गोविन्द देवकोटाले जानकारी दिनु भयो । 


प्रदेश २ को पर्सा जिल्लाबाट केन्द्रीय सदस्यमा गोविन्द देवकोटा , कृष्णउदास खनाल, निरज पिठाकोटे मगर बाराबाट महेश्वर अधिकारी ,रौतहटबाट मनोज साह , सर्लाहीबाट जनार्दन पोख्रेल, महोतरीबाट सुनिता बराल ।निकेश खनाल, धनुषाबाट शैलेन्द्र क्रात्,ि जेती झा अनिल मिश्र,सिराहबाट मनिलाल बिश्वकर्मा, हिरालाल चौधरी, सप्तरीबाट राजु बिश्वकर्मा र मला कर्ण लगायतका सर्वसम्मत रुपमा चयन भएका छन । प्रदेश २ बाट सर्वसम्मत चयन भएका मध्य गोविन्द देवकोटाको पदाधिकारीमा दावेदारी रहेको छ । 

 

प्रेस सेन्टरको यो महाधिवेशनबाट पहिलो पुस्ताका संस्थापक नेताहरु महेश्वर दाहाल, ओम शर्मा, गोविन्द आचार्य, खिलवहादुर भण्डारी, संगीता खड्का, बलराम थापा लगायत विदा भएका छन् ।

 

नेतृत्वमा भने युवा दाबेदार थपिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि गोविन्द देवकोटा ,सचिन रोका ,लक्ष्मी पुन, ओपेन्द्र शर्मा  लगायतको दावी छ ।

महासचिवमा मोनज घर्तीमगर, त्रिभुवन पौडेल, ध्रुव बुढाथोकी, दयानिधी भट्ट, बबिन शर्मा र रामकृष्ण अधिकारीले पनि दावी गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.