logo

१२ वर्ष पछि प्रचण्डले बल्ल चिने जालीमलाई ,भने एमाले नै ठिक हो

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २१ गते ०७: १५ मा प्रकाशित     2951   पटक पढिएको

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार समिति सदस्य जालिम मियाँ माओवादी बन्न लायक नभएको बताउनु भएको छ । 

प्रचण्ड निवास खुमलटारमा पर्साका केही पूर्व माओवादीहरुलाई पार्टी प्रवेश गराउदै दाहालले जालीम मिया जाहा जानु पर्ने थियो त्यही गए भन्दै एक गए दर्जन आउनु भयो चिन्ता छैन भन्नु भयो । 

‘प्रचण्ड’ ले माओवादी केन्द्रमा बस्न नसुहाउँने नेताहरुले एमालेमा जाने गरेको बताउनु भएको छ ।

दाहालले माओवादीमा आएर पार्टीलाई बदनाम गर्नेहरु पार्टीमा बसिरहन नसुहाउने बताउदै एमाले नै सुहाउँदो पार्टी भएको बताउनुभयो ।

यहाँ मलाई केही साथीहरुले मलाई अलि प्रेसर बनाउनु भएको थियो । जालिमलाई एकचोटी बोलाएर कुरा गर्‍यो भने जान्न होला । फेरी मैले जालिमको बारेमा योबीचमा जे सुनेँ जे बुझेँ । पटक पटक भेट्नुभन्दा हामीकहाँ भन्दा उतैतिर गएको ठिक हुन्छ जस्तो लाग्यो मलाई चाहिँ । उनी माओवादी बन्न लायक होईनन् ।

आफैले मैले जाऊ भन्न नमिल्ने भएर मात्रै नभन्या हो ।  जहाँ जानुपर्ने त्यहाँ गए । अहिले फेरी बोलाएर यही बस भन्नु चाहिँ मैले उचित ठानिन । भेडा भेडासँग बाख्रा बाख्रासँग भने जस्तै कुनै टेन्सन लिनुपर्ने लागेको छैन । हामी सबै एकठाउँमा हुनुनै थियो । त्यस्ता मान्छे केपीसँगै जानु ठिक हो ।”

पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य उर्मिला अर्याल, पर्सा इन्चार्ज विजय महतो, संयोजक रामदरश कुश्वाहा, सचिव बालेश्वर थारु, पर्सा सदस्य प्रभाकर गुप्ता, अखिल क्रान्तिकारीका पर्सा अध्यक्ष कबिराज पटेल लगायतको उपस्थिति रहेको थियो ।  


कार्यक्रममा  संघीय समाजवादी पार्टी पर्साका पूर्व जिल्ला संयोजक  इमदाद गद्दी अखिल क्रान्तिकारीका पूर्व सचिव अमिताबबच्चन दास, जिल्ला अध्यक्ष सुनिल रौनियार, जिल्ला सदस्यहरु गौरवसंतोष पटेल,  प्रदीप गुप्ता लगायतका विद्यार्थी नेताहरु पुनः माओवादी केन्द्र मै फर्किएका हुन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.