logo

१२ वर्ष पछि प्रचण्डले बल्ल चिने जालीमलाई ,भने एमाले नै ठिक हो

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २१ गते ०७: १५ मा प्रकाशित     3050   पटक पढिएको

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार समिति सदस्य जालिम मियाँ माओवादी बन्न लायक नभएको बताउनु भएको छ । 

प्रचण्ड निवास खुमलटारमा पर्साका केही पूर्व माओवादीहरुलाई पार्टी प्रवेश गराउदै दाहालले जालीम मिया जाहा जानु पर्ने थियो त्यही गए भन्दै एक गए दर्जन आउनु भयो चिन्ता छैन भन्नु भयो । 

‘प्रचण्ड’ ले माओवादी केन्द्रमा बस्न नसुहाउँने नेताहरुले एमालेमा जाने गरेको बताउनु भएको छ ।

दाहालले माओवादीमा आएर पार्टीलाई बदनाम गर्नेहरु पार्टीमा बसिरहन नसुहाउने बताउदै एमाले नै सुहाउँदो पार्टी भएको बताउनुभयो ।

यहाँ मलाई केही साथीहरुले मलाई अलि प्रेसर बनाउनु भएको थियो । जालिमलाई एकचोटी बोलाएर कुरा गर्‍यो भने जान्न होला । फेरी मैले जालिमको बारेमा योबीचमा जे सुनेँ जे बुझेँ । पटक पटक भेट्नुभन्दा हामीकहाँ भन्दा उतैतिर गएको ठिक हुन्छ जस्तो लाग्यो मलाई चाहिँ । उनी माओवादी बन्न लायक होईनन् ।

आफैले मैले जाऊ भन्न नमिल्ने भएर मात्रै नभन्या हो ।  जहाँ जानुपर्ने त्यहाँ गए । अहिले फेरी बोलाएर यही बस भन्नु चाहिँ मैले उचित ठानिन । भेडा भेडासँग बाख्रा बाख्रासँग भने जस्तै कुनै टेन्सन लिनुपर्ने लागेको छैन । हामी सबै एकठाउँमा हुनुनै थियो । त्यस्ता मान्छे केपीसँगै जानु ठिक हो ।”

पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य उर्मिला अर्याल, पर्सा इन्चार्ज विजय महतो, संयोजक रामदरश कुश्वाहा, सचिव बालेश्वर थारु, पर्सा सदस्य प्रभाकर गुप्ता, अखिल क्रान्तिकारीका पर्सा अध्यक्ष कबिराज पटेल लगायतको उपस्थिति रहेको थियो ।  


कार्यक्रममा  संघीय समाजवादी पार्टी पर्साका पूर्व जिल्ला संयोजक  इमदाद गद्दी अखिल क्रान्तिकारीका पूर्व सचिव अमिताबबच्चन दास, जिल्ला अध्यक्ष सुनिल रौनियार, जिल्ला सदस्यहरु गौरवसंतोष पटेल,  प्रदीप गुप्ता लगायतका विद्यार्थी नेताहरु पुनः माओवादी केन्द्र मै फर्किएका हुन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.