logo

दावेदारीको गरेको पदमा प्यानलमा पर्न सकेनन पर्साका कांग्रेस नेताहरु, द्विवेदी र चौरसिया आमने सामने

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २५ गते ०६: ०७ मा प्रकाशित     698   पटक पढिएको

नेपाली कांग्रेसको १४ औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय नेतृत्वकालागि समुहगत तथा ब्यक्तिगत उम्मेदवारी परेको छ । शेर बहादुर देउवाको समुहबाट उपसभापतिमा पूर्णबहादुर खड्का र  विजय गच्छदार उम्मेदवार भएका छन  ।

 

यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेलको उम्मेदवारी परेको छ । देउवा र सिटौला वीचको सहकार्यको परिणाम हुन  युवा नेता प्रदीप पौडेल  । उनी सिटौला समुहको तर्फबाट देउवा प्यानलमा मिसिएका हुन् ।


कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन छ । यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा छन् ।

प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई अगाडि सारेका छन । 
कांग्रेस सभापतिका लागि बिमलेन्द्र नीधि  कल्याण गुरुङ र युवराज न्यौपानेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।


पर्साबाट मधेशी र थारु क्लस्टरबाट सहमहामंत्रीमा उम्मेदवारी घोषणा गरेका दुबै नेता समुहमा पर्न सकेनन । सुरेन्द्र प्रसाद चौधरी र अजय कुमार चौरसियाले थारु र मधेशी क्लस्टरबाट सहमहामंत्रीमा उम्मेदवारी घोषण गरेका थिए ।

 

सुरेन्द्र चौधरीले मात्र सहमहामंत्रीमा उम्मेदवारी दिनु भएको छ । संस्थापन पक्षको पदाधिकारीमा ब्यवस्थापन हुन नसकेपछि सोही समुहबाट चौरसियाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ।

 

अन्तिम समयमा केन्द्रीय सदस्यमा उम्मेदवारीको निर्णय भएको बताइएको छ ९१ वर्षिय बीरगंज महानगरपालिकाका उपप्रमुख सुश्री शान्ति कार्कीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ ।  संस्थापन पक्षको समुहबाट नेपाली कांग्रेसका नेता रमेश रिजालले भूगोलबाट प्रदेश २ को तर्फबाट उम्मेदवारी दिनु भएको छ ।

 

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले पनि मधेशी क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । मधेशी क्लष्टरमा जम्मा पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.