logo

जनता समाजवादी पार्टी पर्सामा कचिंगल , अध्यक्ष परिर्वतन गरिएको बिषय अबैधः नेता मन्सुर

 इसीमाना सम्वाददाता     २०७८ माघ २ गते ०९: ०१ मा प्रकाशित     622   पटक पढिएको

जनता समाजवादी पार्टी पर्सामा बहुमतको बैठकको हवला दिदै पार्टी अध्यक्ष हटाएको सार्वजनीक भएपछि पार्टीको संस्थापन पक्षले पनि जिल्ला कमिटी पूर्नगठन गरेको जनाएको छ । 

 


आइतवार दिउसो जिल्ला समन्वय समितिको सभाकक्षमा जिल्ला उपाध्यक्ष बासुदेव यादवको अध्यक्षतामा भएको बैठकले जिल्ला अध्यक्ष रामनरशे यादवलाई हटाएर मन्जुर आलमलाई अध्यक्ष घोषणा गरेको थियो ।

 

आलमलाई अध्यक्ष घोषणा गर्ने बैठकमा पार्टीका निलम्वत केन्द्रीय सदस्य प्रदीप यादवको समेत सहभागिता रहेको थियो ।  बेलुका पर्टी संस्थापन पक्षले जिल्ला कमिटी पूर्नगठन गरेको सार्वजनीक गर्यो ।

 

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव र सचिव तवरेज अहमदले संयुक्त बिज्ञप्ति जारी गर्दै अध्यक्ष हटाइएको भनिएको कामलाई अजाकतापूर्ण गतिविधिको संज्ञा दिएका छन ।

 

पार्टीको झण्डा जलाउने, पार्टी कार्यालयमा तोडफोड गर्ने, पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गाली गर्ने , केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने गराउने कामको नेतृत्व गर्नेबाटै जिल्ला अध्यक्ष मुक्त गरिएको भनिएको घृणित कामको बारेमा पार्टीको ध्षनाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।

पार्टीको मानमर्दन गर्ने ,बिधि बिधानलाई नमान्ने , पार्टी प्रतिको जनआकर्षण बढेकोकुरा सहन गर्न नसक्ने तत्वले यस्तो काम गरेको आफूहरुको ठहर रहेको बिज्ञप्तिमा उल्लेख छ । 


बिज्ञप्तिमा यस्ता कामका कारण पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई बिचलीत नहुन आग्रह गरिएको छ । पार्टीको बिधि बिपरितको काम गर्ने नाइते तथा तिनका मतियारलाई कारवाही गर्न बिज्ञप्ति मार्फत दुबै नेताले माँग गरेका छन ।

 

मन्जुरलाई अध्यक्ष घोषणा गर्ने पक्षले भने जिल्ला कमिटीका बहुमत सदस्यहरुको बैठक बाट अध्यक्ष परिर्वतन गरिएको जनाएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य फिरोज मन्सुरले भने अध्यक्ष परिर्वतन गरिएको बिषय अवैधानिक रहेको बताएका छन । अध्यक्ष जिल्लामा मौजुद हुदा उपाध्यक्षको अध्यक्षतामा बैठक बस्न बिल्ने बैधानिक प्रावधान आफनो पार्टीमा नरहेको उनले स्पष्ट पारे ।

 

उनले राम नरेश यादवको अध्यक्षतामा रहेको कमिटी नै पार्टीको बैध कमिटी रहेको बताए । जनता समाजवादी पार्टी पर्सामा बहुमतको बैठकको हवला दिदै पार्टी अध्यक्ष हटाएको सार्वजनीक भएपछि पार्टीको संस्थापन पक्षले पनि जिल्ला कमिटी पूर्नगठन गरेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.