बीरगंज २३ चैत ।
राजपाका बीरगंज महानगर अध्यक्ष ओम प्रकाश सर्राफले आइतवार एक बिज्ञप्ति जारी गरि मेडिकल हवको रुपमा रहेको बीरगंजमा पनि कोरोना भाइरसको परिक्षण गर्न सकिने सुविधा सम्पन्न प्रयोगशाला निर्माणको माँग गर्नु भएको छ ।
उहाँले स्वास्थयकर्मीहरुकोलागि आवश्यक गुणात्मक सुरक्षा सामग्री पनि बेलैमा उपलब्ध गराउन माँग गर्नु भएको छ ।
उहाँले दैनीक ज्यालादारीमा जीवन उापन चलाईरहेका श्रमजीवी तप्कालागि उचित राहत बितरणकालागि समेत सम्बन्धीत निकाय समक्ष माँग गर्नु भएको छ ।
यो संकटको बेलामा एकले अर्कालाई सहयोगी भावनाले सघाउन र कोरोना भाइरसको संक्रमणलाई निस्तेज पार्न लकडाउनलाई पालना गर्न बिज्ञप्ति मार्फत समेत आग्रह गर्नु भएको छ ।
यसअघि वीरगञ्जमा कोरोना भाइरसको नमुना परीक्षणको ब्यवस्था गर्न चिकित्सकहरुले माग गरेका थिए ।संघीय सरकारले उपलब्ध गराएको पोर्टेबल पीसीआर मेसिन जडानपछि प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा नमुना परीक्षण सुरु भएको छ ।
प्रदेशको आधाभन्दा बढी जिल्लाका बिरामी उपचार गराउने वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण मेशिन जडान सबैलाई सजिलो हुने भन्दै चिकित्सकहरुले समेत प्रयोगशाला निर्माणको माँग गरेका हुन ।
नारायणी अस्पताल प्रदेश २ को बारा पर्सा रौतहटका नागरिकले प्रत्यक्ष सेवा लिने अस्पताल हो ।
तपाईको प्रतिक्रिया