logo

काम गर्ने वतावरण बनाउन माँग गर्दै निजामती कर्मचारी सडकमा, स्थानीय प्रशासन लाचार

 इसीमाना सम्वाददाता     २०७८ माघ २० गते ०७: २३ मा प्रकाशित     580   पटक पढिएको

पर्साका निजामती कर्मचारीहरु सुरक्षाको माँग गर्दै सडकमा उत्रिएका छन । कार्यकक्षमा जनप्रतिनिधिका पतिले कर्मचारीलाई हातपात गरेको घटनामा दोषी कानूनी दायरामा नआएकै कारण कर्मचारीहरु सडकमा उत्रिएका हुन ।

 

धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेलालाई दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्सा आन्दोलनमा उत्रिएको छ । कर्मचारीलाई काम गर्ने वतावरण निर्माणमा स्थानीय प्रशासनले रुची नदेखाएपछि आफूहरु सडकमा उत्रिनु परेको संगठनका पर्सा अध्यक्ष अमित गिरीले बताउनु भयो ।

 

कर्मचारीहरुले बुधवार दोषीलाई कारवाही गर्न माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा एक घण्टा घेराउ गरेका छन । उनीहरुले दोषीलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर, कर्मचारी एकता जिन्दावाद लगायतको नारा समेत लगाएका थिए ।

 

गाउँपालिकाको वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीको एक समुहले माघ १३ गते बिहिबारका दिन योजना शाखा प्रमुख पटेललाई दुर्व्यवहार गरेका थिए ।

 

दोषीलाई कारवाही गर्न जाहेरी लिएर जादाँ पनि प्रहरीले दर्ता नगरेको निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले वताउनु भयो । जाहेरी दर्ताको लागि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतसंग पहल गर्दा पनि दर्ता नभएको उहाँको गुनासो छ।

 

गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेको ठेक्दारमार्फत खरिद नगरेको आक्रोशमा धर्मनसहितको समुहले योजना शाखा प्रमुख पप्पुलाई उहाँकै कार्यकक्षमा गाली गलौजसहित लछार पछार गर्दै कुटपिटको प्रयास समेत गरेको थियो । धर्मनसहितको समुहले पप्पुलाई उनकै कर्यकक्षमा २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन दिएका थिएन ।

 

धर्ना कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव सुरेन्द्र यादव, कोषाध्यक्ष राजेश राम, धोविनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, पटेर्वा सुगौली गाउँपालिका र पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.