logo

अध्यक्ष ओली चैत ६ मा बीरगंज आउने तयारीकालागि सिंगो एमाले परिचालीत

 इसीमाना सम्वाददाता     २०७८ फागुन १२ गते ०५: ४१ मा प्रकाशित     900   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली चैतको ६ गते बीरगंज आउने पक्का भएको छ । अध्यक्ष ओली निवास बालकोटमा नेकपा एमालेका पर्साका नेताहरुकोसंगको छलफल पछि पार्टी अध्यक्ष बीरगंज आउने तिथि तय भएको हो ।

 

यस भन्दा अघि फाल्गुण १४ गते २६ गते बीरगंज आउने बिषयमा चर्चा परिचर्चा चलेपनि अध्यक्ष ओली अव चैतको ६ गते बीरगंज आउने कुरा तय भएको नेकपा एमाले पर्साका अध्यक्ष एवं इन्चार्ज प्रभू हजराले जानकारी दिनु भयो ।

 


६ गते सीमरा बिमान स्थलमा पार्टी अध्यक्षे ओलीको अवतरणसंगै बीरगंजको यात्रा शुरु हुनेछ । नेकपा एमाललेले आफना अध्यक्षलाई सैयौं मोटर स हजारौ मोटरसाइकलले स्कटिर्ङ गरेर बीरगंज ल्याउने तयारी गरेको छ । बीरगंजको बि.पी.उद्यानको लालबंगलामा आयोजना हुने खुला सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

सोही कार्यक्रममा लोसपमाबाट अलग भएका मधेश आन्दोलनका एक जना कमाण्डर राजेमान सिंहको नेतृत्वमा सैयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने छन । मधेश आन्दोलनको इपिसेन्टरको रुपमा रहेको बीरगंजमा के.पी.आली नै आन्दोलनको निशानमा हुनुहुनथ्यो । पछिल्लो मधेश आन्दोलनको पाँच वर्ष पछि मधेशमा नेकपा एमालेका अध्यक्ष के.पी.ओली प्रतिको बिकर्षण समाप्त भई आकर्षण बढ्दो छ ।

 

राजनीतिमा अडानयुक्त नेताको छवी बनेको छ र मधेशका जनताले त्यसलाई मन पराउदै नेकपा एमालेसंग जोडिने प्रक्रिया शुरु भएको छ । नेकपा एमालेका अध्यक्ष के.पी.ओलीको बीरगंज आगमनले एमालेजनमा उत्साह संचार गर्ने र पर्सालाई एमालेमय बनाउने अभियानमा उर्जा मिल्ने बिश्वास जागृत हुने एमाले जनमा बिश्वास छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.