logo

सीमराको खानेपानी समितिमा एमाले पक्षीय उम्मेदवार बिजयी, गठबन्धनले खायो धक्का

 इसीमाना सम्बाददाता      २०७८ फागुन २२ गते ०९: ११ मा प्रकाशित     623   पटक पढिएको

सिमरामा खानेपानी उपभोक्ता तथा सरसफाई समितिमार्फत निर्वाचनमा पाँचदलीय गठबन्धनको सर्मथन प्राप्त प्यालनले हारको सामना गर्नु परेको छ ।

 

नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एस)को समर्थन प्राप्त गठबन्धनलाई परास्त गर्दै नेकपा एमालेको सर्मथन प्राप्त कासिम मियाको प्यानmल आगामी चार वर्षकालागि निर्वाचित भएको हो ।

 

गठबन्धनको नेतृत्व राजकुमार भट्टराईले गर्नु भएको थियो । यस अघि तीन पटक समितिको कुशल नेतृत्व गर्नुभएका मियालाई चुनाव प्रचारको क्रममा गठबन्धनको प्यानलले अपारदर्शी, मनपरीतन्त्र , भ्रष्टाचार गरेको आरोप लगाएका थिए । तर २ हजार १ सय भन्दा बढी रहेका मतदाताले चौथो पटक पनि कासिम मियालाई अध्यक्षमा निर्वाचित गरेर बिपक्षीको आरोपलाई खारेज गरिदिएका छन ।

 

भट्टराईको प्यानलबाट उपाध्यक्षका प्रत्यासी पूर्णचन्द्र तिमिल्सीना निर्वाचित भएका छन । हुसेन नेतृत्वको प्यानलको सचिव जयकिशोर राउत, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल निर्वाचित भएका हुन ।

 

फाल्गुन १३ गते निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका थिए । खानेपानी समितिमा भएको यो निर्वाचनको परिणामले भने नेकपा एमालेमा उत्साह संचार भएको छ ।

 

जनताको प्रत्यक्ष जीवनसंग जोडिएको पानी र त्यसको संचालनकालागि जिम्मेवार ब्यक्ति छनौटको प्रक्रियामा एमाले पक्षधर निर्वाचित भएकोमा एमाले उत्साहित भएको छ ।सीमराको यो निर्वाचनमा एमाले संग जनमोर्चाको सहकार्य रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.