logo

चैत ८ मा एमाले अध्यक्ष ओली बीरगंज आउदै ,मधेश आन्दोलनका हस्तीहरु एमालेमा प्रवेश गर्ने

 इसीमाना सम्वाददाता     २०७८ फागुन २४ गते ०८: ४५ मा प्रकाशित     630   पटक पढिएको

मधेश आन्दोलनको इपिसेन्टर बीरगंजमा एमाले अध्यक्ष के.पी.ओलीले चैत ८ गते बिशाल सभालाई सम्बोधन गर्ने पक्का भएको छ । नेकपा एमालेको बीरगंज महानगर कमिटीको आज सम्पन्न बैठकमा यस्तो जानकारी दिइएको हो ।

नेकपा एमाले बीरगन्ज महानगर कमिटीको आयोजनामा हुने सन्देश सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के. पी .ओली चैत्र ८ गते बीरगन्ज आउने तय भएको उपाध्यक्ष महेश दासले जानकारी दिनु भयो । लोसपाका नेता राजेश मान सिंह , निर्वाचित वार्ड अध्यक्षहरु सहित लोसपा, जसपा, माओवादी, र काग्रेस परित्याग गरी करीव ५ हजार व्यक्ति नेकपा एमालेमा प्रवेश गर्ने दासले जानकारी दिनु भयो ।

 

चैत्र ८ गते घण्टाघरको वि. पी.उद्यानमा बृहत् पार्टी प्रवेश कार्यक्रम हुने त्यस अधघ सिमराबाट बीरगन्ज सम्म मोटर साइकल ¥र्याली हुने तयारी भैरहेको सचिव सुन्दर कुर्मीले जानकारी दिनु भयो । सन्देश सभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारीको लागि महानगर कमिटीको बैठक मंगलबार सम्पन्न भएको हो ।

 

बैठकमा केन्द्रीय सदस्यहरु प्रभु हजरा, निर्मला देवकोटा, राज कुमार गुप्ता, अरवीन्द सिंह प्रदेश कमिटी सदस्यहरु डा. विशम्भर शर्मा, बिचारी यादव, वसरुदिन अन्सारी, नवराज शर्मा, विणा शर्मा , शम्भु गुप्ता, उसमान अन्सारीले चैत्र ८ गते जनसहभागिता व्यपक बनाउन जोड दिएका थिए ।

बैठकले चैत्र ९ गते को तयारी को लागि विभिन्न ९ वटा समितिहरु गठन गरीएको उप सचिव अनवर अलीले बताउनु भयो । बैठक महानगरका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.