logo

भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष भरत कुर्मी सहित जनप्रतिनिधि र कर्मचारी बिरुद्ध बिशेष अदालतमा मुदा दर्ता

 इसीमाना सम्वाददाता     २०७८ चैत २ गते १०: ४७ मा प्रकाशित     603   पटक पढिएको

घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका सिफारिशको राजस्व दाखिला नगरि अपचलन गरेको आरोपमा आख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीरगंजका एक जना वडाध्यक्ष बिरुद्ध बिशेष अदालतमा उजुरी दर्ता गरेको छ । बीरगंज महानगरपालिका वडा नं १४ पिप्राका वडाध्क्ष भरत कुर्मी , वडा सचिवराज कुमार सिंह,अनामिका रौनीयार,वडासदस्य रफिक अन्सारी संजयक कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मी बिरुद्ध बिशेष अदालतमा उजुरी दर्ता गरेको हो ।

वडाध्यक्ष भरत प्रसाद कुर्मी, रफिक अंसारी, संजय कुमार पटेल र जितेन्द्र कुमार कुर्मीको हकमा कार्यरत रहेको अवधिमा १ लाख २ हजार ५ सय ८५ हिनामिना गरी राजस्व चुहावट गरेकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो १ लाख २ हजार ५ सय पचासी रुपैयाँ कायम गरी ऐनको दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागदाबी लिइएको छ ।


०७६ पुष १९ देखी ०७८ असार ३१ सम्म कार्यारत वडा सचिव अनामिका रौनियारले १ लाख ३१ हजार ९० रुपैया राजस्व हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ । रौनीयारलाई

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो १ लाख ३१ हजार ९० रुपैयाँ कायम गरी ऐनको दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागदाबी लिइएको छ ।


०७७ चैत ५ देखी हाल सम्म कार्यरत वडा सचिव राजकुमार सिंह ३२ हजार २ सय ३५ रुपैया राजस्व हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ । सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो३२ हजार २ सय ३५ रुपैयाँ कायम गरी ऐनको दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागदाबी लिइएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.