logo

आचार संहिताका बारेमा बीरगंजमा गोष्ठी सम्पन्न, प्रदेश सरकार मिडियामैत्री रहेको मुख्यमंत्रीको राउतको भनाई

 इसीमाना सम्बाददाता      २०७८ चैत ४ गते ०८: ४४ मा प्रकाशित     548   पटक पढिएको

मधेश प्रदेश मिडिया काउन्सिलको आयोजनामा बीरगंजमा संचार माध्यम र संचारकर्मीकालागि आचार संहिता सम्बन्धी सूझाव संकलन कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

 

होटेल कुमु प्यालेसमा आयोजना गरिएको गोष्ठीको प्रदेशका मुख्यमंत्री लालबाबु राउतले उद्धघाटन गर्नु भयो । गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमंत्री राउतले प्रत्रकारहरुकोलागि प्रदेश सरकारले केही काम गर्न खाजेको र त्यो निरन्तर रहने बताउन भयो ।

 


उहाँले प्रदेश सरकारले संचार ऐन बनाएर मिडियामैत्री काम गर्न खाजेको बताउनु भयो । उहाँले सरकारले पत्रकार कल्याण कोष निर्माण, बिमा जस्ता कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाउनु भयो ।


कार्यक्रममा आन्तरिक मामिला तथा संचार मंत्री भरत साहले सरकारले गर्न खोजेको भएपनि स्रोत र साधनको अभाव रहेको बताउनु भयो । संघ सरकारले कर्मचारी नदिदा आमसंचार प्राधिकरण र काउन्सिलमा कर्मचारीको अभाव रहेको कुरा सत्य रहेको बताउनु भयो ।

 

उहाँले पत्रकारिता पेशालाई मार्यदीत बनाउनकालागि आार सहिताको महत्व रहेको बताउदै आजको दिनमा पत्रकारितालाई जिम्मेवार बनाउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले प्रदेश सरकारले गर्ने प्रतिवद्धता प्रति भरोसा गर्ने ठाउ नरहेको प्रष्ट पार्नु भयो । सरकारले गर्छु भन्छ तर गर्दैन त्यसलै भर गर्न नसकिने उहाँको भनाई थियो ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले संचार ऐनले प्रवन्ध गरेका अन्य बिषयहरुप्रति सरकार मौन रहनु अर्थपूर्ण रहेको बताउनु भयो । श्रमजीवी पत्रकारको हितमा सरकार केही नबोलेको र स्वरोजगारमुलक संचार माध्यमको संरक्षणका सिन्को नभाचेको भन्दै उहाँले सरकारी रवैयाको आलोचना गर्नु भयो ।

 

उहाँले मिडिया काउन्सिलको स्वायततालाई सम्मान गर्न आग्रह गर्दै पत्रकारहरु पेशागत तथा भौतीक रुपमा असुरक्षीत रहेको प्रति सरकारले ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कर्ण, प्रदेश महासचिव श्याम बन्जारा पर्साका अध्यक्ष अनुप तिवारी, बाराका अध्यक्ष रेशम तिवारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गनुृ भएको थियो ।


कार्यक्रममा बारा, पर्सा र रौतहटका तीन वटा समुहले प्रस्तावित आचार संहितामा समुहगत छलफल गरेर सुझाव प्रस्तुत गरेका थिए । पर्साबाट तुलसी भण्डारी, बाराबाट बसन्त भण्डारी लगायतले सुझाव प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रम मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको अध्यक्षता र सदस्य बन्दना झाको संचालनमा सम्पनन भएको थियो । काउन्सिलका सदस्य कैलाश दास र अरविन्द मण्डलले बन्दसत्रको सहजीकरण गर्नु भएको थियो भने स्वागत काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.