logo

आचार संहिताका बारेमा बीरगंजमा गोष्ठी सम्पन्न, प्रदेश सरकार मिडियामैत्री रहेको मुख्यमंत्रीको राउतको भनाई

 इसीमाना सम्बाददाता      २०७८ चैत ४ गते ०८: ४४ मा प्रकाशित     648   पटक पढिएको

मधेश प्रदेश मिडिया काउन्सिलको आयोजनामा बीरगंजमा संचार माध्यम र संचारकर्मीकालागि आचार संहिता सम्बन्धी सूझाव संकलन कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

 

होटेल कुमु प्यालेसमा आयोजना गरिएको गोष्ठीको प्रदेशका मुख्यमंत्री लालबाबु राउतले उद्धघाटन गर्नु भयो । गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमंत्री राउतले प्रत्रकारहरुकोलागि प्रदेश सरकारले केही काम गर्न खाजेको र त्यो निरन्तर रहने बताउन भयो ।

 


उहाँले प्रदेश सरकारले संचार ऐन बनाएर मिडियामैत्री काम गर्न खाजेको बताउनु भयो । उहाँले सरकारले पत्रकार कल्याण कोष निर्माण, बिमा जस्ता कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाउनु भयो ।


कार्यक्रममा आन्तरिक मामिला तथा संचार मंत्री भरत साहले सरकारले गर्न खोजेको भएपनि स्रोत र साधनको अभाव रहेको बताउनु भयो । संघ सरकारले कर्मचारी नदिदा आमसंचार प्राधिकरण र काउन्सिलमा कर्मचारीको अभाव रहेको कुरा सत्य रहेको बताउनु भयो ।

 

उहाँले पत्रकारिता पेशालाई मार्यदीत बनाउनकालागि आार सहिताको महत्व रहेको बताउदै आजको दिनमा पत्रकारितालाई जिम्मेवार बनाउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले प्रदेश सरकारले गर्ने प्रतिवद्धता प्रति भरोसा गर्ने ठाउ नरहेको प्रष्ट पार्नु भयो । सरकारले गर्छु भन्छ तर गर्दैन त्यसलै भर गर्न नसकिने उहाँको भनाई थियो ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले संचार ऐनले प्रवन्ध गरेका अन्य बिषयहरुप्रति सरकार मौन रहनु अर्थपूर्ण रहेको बताउनु भयो । श्रमजीवी पत्रकारको हितमा सरकार केही नबोलेको र स्वरोजगारमुलक संचार माध्यमको संरक्षणका सिन्को नभाचेको भन्दै उहाँले सरकारी रवैयाको आलोचना गर्नु भयो ।

 

उहाँले मिडिया काउन्सिलको स्वायततालाई सम्मान गर्न आग्रह गर्दै पत्रकारहरु पेशागत तथा भौतीक रुपमा असुरक्षीत रहेको प्रति सरकारले ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कर्ण, प्रदेश महासचिव श्याम बन्जारा पर्साका अध्यक्ष अनुप तिवारी, बाराका अध्यक्ष रेशम तिवारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गनुृ भएको थियो ।


कार्यक्रममा बारा, पर्सा र रौतहटका तीन वटा समुहले प्रस्तावित आचार संहितामा समुहगत छलफल गरेर सुझाव प्रस्तुत गरेका थिए । पर्साबाट तुलसी भण्डारी, बाराबाट बसन्त भण्डारी लगायतले सुझाव प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रम मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको अध्यक्षता र सदस्य बन्दना झाको संचालनमा सम्पनन भएको थियो । काउन्सिलका सदस्य कैलाश दास र अरविन्द मण्डलले बन्दसत्रको सहजीकरण गर्नु भएको थियो भने स्वागत काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.