logo

एमाले पर्साको अध्यक्षमा थारु सर्वसम्मत

 इसीमाना सम्बाददाता     २०७८ चैत १९ गते ०५: २७ मा प्रकाशित     609   पटक पढिएको

नेकपा एमाले पर्साका अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत रुपमा चयन हुनु भएको छ । नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशनको स्थगीत बन्दसत्र आज संचालनमा आएको र त्यसले थारुलाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको एमालेले जनाएको छ ।

 


पुष २७ मा आठौ जिल्ला अधिवेशनको उद्धघाटन भएको थियो । नेतृत्व चयनको बिषयमा नेताहरुमा सहमती नभएपछि बन्दसत्र स्थगीत भएको थियो । त्यही स्थगीत बन्दसत्रको आयोजना गरेर एमालेको जिल्ला कमिटी घोषणा गरिएको हो ।


पार्टीको जिल्ला उपाध्यक्षमा फरमान मिया अन्सारी, सचिवमा मनोज गुप्ता, उपसचिवमा संजीव मिश्र र प्रदुम्न सेढाईको चयन भएको छ । १ सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको छ ।

 

अध्यक्ष थारु सुपौली गाविसको उपाध्यक्ष र संबिधान सभा सदस्यको भूमिका निर्वाह गरि सक्नु भएका नेता हुन । यस अघि पार्टीको जिल्ला अध्यक्षमा डा.बिश्वम्भर शर्माको नाममा सहमती भएको थियो ।

 

अधिवेशन सुरु भएको झण्डै तीन महिनापछि शनिबार वीरगन्जको एक होटलमा आयोजित बन्द सत्रबाट अध्यक्ष, पदाधिकारीसहित एक सय ३५ सदस्यीय जिल्ला समिति सर्वसम्मतिले चयन गरिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.