logo

गठबन्धनको तर्फबाट सिंह र आलम राप्रपाको तर्फबाट गिरी र जयसवालको उम्मेदवारी दर्ता

 इसिमाना सम्वाददाचा     २०७९ बैशाख १२ गते ०५: ४४ मा प्रकाशित     640   पटक पढिएको

पाँच दलीय गठबन्धनको तर्फबाट बीरगंज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीको तर्फबाट राजेशमान सिंह र उपप्रमुखमा नेपाली कांग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दर्ता गरेका छन ।


लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका सिंह नेकपा एमालेमा प्रवशेको घोषणा गरेका थिए । तर बीरगंजका मेयर बिजय कुमार सरावगी एमाले प्रवेश गरेपछि भने सिंह झस्कीएका मात्र होइनन बाटो नै परिर्वतन गरे । गएको चैत ८ गते नेकपा एमालेका अध्यक्ष के.पी.ओली बीरगंज आउने कार्यक्रम तय थियो । तर ओली आउनु भन्दा एक दिन अगावै सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरे ।


गठबन्धनको तर्फबाट मेयर उपमेयरमा मात्र उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका नेता बिजय कुमार सर्राफले आफनो दलले बीरगंज महानगरका ३२ वटै वडामा उम्मेदवारी दिएको बताए ।


राप्रपाको तर्फबाट पत्रकार गिरीश गिरीले प्रमुखमा र उपप्रमुखमा बिना जयसवालले उम्मेदवारी दर्ता गरेका छन ।

नेकपाको तर्फबाट भने विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै वीरगन्जमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टीले पुरुषोत्तम झालाई उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ ।

 

गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए । फोरममा असहयोग हुन थालेपछि उनले पार्टी नेतृत्वसंग गुनासो गर्दै आएका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन उनी त्यसबेला काठमाडौं पुगेका थिए । असहयोगको क्रम नरोकिएपछि मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका हुन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.