logo

पटेर्वाको गादीमा एमालेको घरदैलो, उत्साहित जनताले गरे स्वागत

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १९ गते ०१: १३ मा प्रकाशित     1104   पटक पढिएको

पटेर्वा सुगौलीमा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । पालिकाको वडा नं २ मा एमालेका उम्मेदवारहरुको घर दैलो निरन्तर संचालन गरिरहेको छ । बिजो बेलवामा घरदैलो सम्पन्न गरिएको एमालेका युवा नेता सनी चौधरीले जानकारी दिए ।

 

जनतामा उत्साह छ चैधरीले भने पटेर्वा सुगौलीको बिकासको सपना एमालेले मात्र पुरा गर्न सक्ने बिश्वास जनतामा देखिएको छ ।


घर दैलोमा गाउँपालिका अध्यक्षका उम्मेदवार हरी चौधरी , उपाध्यक्षका उम्मेदवार मन्तुरा देवी वडाध्यक्षका उम्मेदवार केशर बहादुर आले ,सदस्यका उम्मेदवार गौरीशंकर रौरा, सूर्यप्रसाद कडेल ,सावित्री थापा सहित नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

नेकपा एमालेले वडा नं २ को बिकासमा पर्याप्त ध्यान दिने हरि नारायण चौधरीले बताए । पटेर्वा सुगौलीको बिकासको आधार निर्माण भएको बताउदै चौधरीले बिकासको ट्रयाक तयार भएको र अव त्यसमा दौडिनकालागि एमालेको नेतृत्व आवश्य रहेको बताउनु भयो ।

 

बिगत साढे ४ वर्षमा बिकासको आधार निर्माण गरेको कुराको साक्षी आम जनता छन । कसैलाई काखा पाखा नगरी बिकास अभियानमा संचालन गरेको र सामाजिक न्यायको क्षेत्रमा आफनो अर्कोको ब्यवहार नगरेकोले चौधरी जनताको पहिलो रुची रहेका छन ।

 

उनले गाउँ पालिका स्थानीय सरकार भएकोले उसको साम्मथ्र्यले भ्याउनेगरि जनताको अपेक्षा पुरा आफूले प्रयास गरेको बताउनु भयो । बोर्डमा कांग्रेसको बहुमत भएकोले काम गर्दा अप्ठयारो भएको अनुभूती गरेका चौधरीले यसपटक जनतासंग बहुमत दिन अपिल गरेका छन । स्थानीय जनताले आ आफनो घरबाट निस्केर उम्मेदवारहरुलाई अविर र माला लगाएर स्वागत गरेका छन ।

 

सबै उम्मेदवारले जनताको सेवा आफनो उद्देश्य बताउदै आएका छन । घरदलैमा देखिएको उत्साहले आफनो सम्पूर्ण टिम नै जित्ने चौधरीले बिश्वास ब्यक्त गरे । जनताको उत्साह र सहभागिताले आफूहरुलाई पनि उत्साहित बनाएको उपाध्यक्षका उम्मेदवार मन्तुरा देवीले बताइन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.