logo

एमालेको घरदैलोमा जनताको भब्य सहभागिता, एमाले नेतृत्व तथा कार्यकर्तापंक्ति उत्साहित

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २० गते ११: ४५ मा प्रकाशित     1056   पटक पढिएको

नेकपा एमालेको घरदैलो अभियानले तिबता लिएको छ । बुधवार बीरगंजको वडा नं ३ वडा नं ९ र १३ मा भब्य घरदैलो सम्पन्न भएको छ ।

 

तीन वटै घरदैलो कार्यक्रममा महानगर प्रमुखका उम्मेदवार बिजय कुमार सरावगीको सहभागिता रहेको थियो । सबे वडामा वडाध्यक्ष सहितका अन्य सदस्यहरुका उम्मेदवार र स्थानीय नागरिकको भब्य सहभागितामा भएको घर दैलोबाट एमालेका कार्यकर्तापंक्ति उत्साहित भएको छ ।


बीरगंज महानगरलाई आधुनिक महानगरको रुपमा बिकास गर्न शैक्षीक तथा स्वास्थ्यको हव बनाउनकालागि बृहत बीरगंज बनाउनकालागि एमालेको नेतृत्व आवश्यक रहेको कुरा स्थानीय नागरिकले पनि आत्मसाथ गरेका एमाले नेता बिचारी यादवले बताउनु भयो । जाहा गएका छौ जनताको अपार माया पाएका छौ संबिधान सभाका सदस्य समेत रहनु भएको यादवले भन्नु भयो “ बीरगंज महानगरको नेतृत्व एमालेले गर्न पाएको छैन यस पटक नागरिककोले आफनो मतद्वारा त्यो जिम्मेवारी एमालेलाई दिने छन ।

 


नेता यादवले नागरिकको बिश्वासलाई पुरा गर्ने संकल्प पार्टी लिएको बताउनु भयो । नेकपा ्एमाले महानगरको सम्पूर्ण कुराको जिम्मेवारी लिन्छ यादवले भन्नु भयो “नेकपा एमालेले जारी गरेको प्रतिवद्धता पत्रको आधारमा महानगरमा एमालेले काम गर्छ ।


वडा नं १३ का वडाध्यक्षका उम्मेदवार हिरा गिरी गएको निर्वाचनमा १२ मतले मात्र पछि परेका थिए । यसपटक जनताको सहानुभूती पनि उनैलाई छ । घरदैलोमा देखिएको जनताको सहभागिताले उत्साहित एमाले कार्यकर्तापंक्तिको भनाई यस्तै छ ।

 

वडा नं ३ मा पनि घरदैलोमा देखिएको सहभागिताले यस पटक एमालेलाई महानगरको नेतृत्व दिन नागरिकको मनोबिज्ञान तयार भएको एमालेका नेता प्रभू हजराको दावी छ ।
वडा नं ९ मा मिनाक्षी गुप्ताको उम्मेदवारी एमालेकालागि निकै बलियो फ्याक्टर सावित भएको छ ।

 

गुप्ताको उम्मेदवारीले एमालेको कमजोर उपस्थिति रहेको वडा नं ९ मा अहिले लहरनै आएको छ । शिक्षीत महिलाको उम्मेदवारीलाई सबैले ठिक निर्णय भन्दै वडा नेतृत्व परिर्वतन हुने लख काटन थालिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.