logo

भारतीय नागरिकको तस्वीर राखेर भोट माग्दै जसपा, स्थानीयमा बढ्यो असन्तोष

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २५ गते ०३: ३५ मा प्रकाशित     622   पटक पढिएको

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई तीब्र बनाएका छन् । तर, जसपाका उम्मेदवारहरुले भने भारतीय नागरिकको तस्वीर राखेर प्रचार प्रसार गरेका छन् ।

 

पर्साको कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार वशिष्ठ कलवार र उपमेयर सायना खातुनले चुनावी ब्यानरमा जसपाका नेताको स्थानमा भारतीय नागरिकको तस्वीर राखेर प्रचार प्रसार गरिरहेका छन् ।

 

उपमेयरकी उम्मेदवार सायना खातुनको तस्बिर माथि भारतीय नागरिक अरमान खाँको तस्बिर राखिएको छ । खातुन खाँकी बहिनी हुन् । तस्बिर राखिएको व्यक्तिको भारत विहार राज्यको रामनगरमा प्रभाव राम्रो रहेको बताईएको छ ।

 

कालिकामाई गाउँपालिकको चुनावमा समेत अरमान खाँको तस्बिर राखेर गाउँ गाउँमा ब्यानर टाँगिएका छन् ।चुनावी पोष्टरमा भारतीय नागरिकको फोटो राखेर भोट माग्न थाले पछि जसपाका आलोचना बढेकोछ । मतदाता जसपाको यो चालबाट रुष्ट भएको स्थानीयले प्रतिक्रिया दिएकाछन । खाँ दुई महिना अगाडि जसपामा प्रवेश समेत गरेका थिए ।

 

जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, प्रदेश सांसद सिंहाशन कलावर, सचिव तबरेज अहमद लगायतका नेताहरुले खाँलाई पार्टी प्रवेश गराएका थिए । कालिकामाई गाउँपालिकाको मेयर पदमा जसपाबाट उम्मेदवारी दिएका वशिष्ट कलवार दिनेश कलवारका भतिजा हुन् । चुनावी ब्यानरमा अरमान खाँसँगै दिनेशको तस्बिर समेत राखिएको छ ।

 

अघिल्लो स्थानीय चुनावमा कालिकामाईको उपमेयरमा कलवारले आफ्नो भाउजु लालशा देवी कलवारलाई उम्मेदवार बनाएका थिए । उनकी भाउजु पराजित भइन् । खोटाचलन, लागूऔषध मुद्दामा सजाय पाइसकेका कलवार आफू निर्वाचनमा लड्न नपाउने भएपछि कहिले भाउजु त कहिले आफ्नो भतिजोलाई अगाडि सार्दै आएका छन् ।

 

उनकी भाउजु अस्वस्थ्य रहेकीले यसपालीको चुनावमा भतिजोलाई अगाडि सारेका हुन् । आपराधिक गतिविधिमा दोषी व्यक्ति संविधानत चुनाव लड्न नपाउने भएपछि राजनीतिलाई आफ्नो पकड बाहिर जान नदिन पारिवारिक सदस्यलाई अगाडि सार्ने विहारी प्रवृत्ति अहिले कालिकामाई गाउँपालिकामा समेत देखिएको छ ।

 

कलवारकै परिवारका सदस्यले जसपाबाट टिकट पाउने निश्चित देखिएपछि जसपाका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेका छन् । मेयरमा जसपाबाट दिनेश कलवारका भतिजो वशिष्टले नै टिकट पाउने पक्का भएपछि राजेश चौरसिया एमाले प्रवेश गरेका हुन् । जसपाकै अर्का प्रभावशाली नेता राधाकृष्ण चौरसिया कांग्रेसको झन्डा बोक्न बाध्य बनेका हुन् । नेकप ाएमालेबाट उनै राजेश चौरसिया गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.