logo

जीतपुरसिमराको पहिलो महिला मेयर बन्दै दौडमा सरस्वती, यस्तो छ जित्ने आधार

 इसीमाना सम्वाददता     २०७९ बैशाख २५ गते ०९: १९ मा प्रकाशित     737   पटक पढिएको

निडर स्वभावकी सरस्वती देवी चौधरी जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा निर्वाचित हुने विश्लेषण गर्न थालिएको छ ।


बैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर मतदातामाझ मत माग्न व्यस्त चौधरी जीतपुरसिमरामा इतिहास रच्दै पहिलो महिला मेयरमा निर्वाचित हुने चर्चा सुरु भएको छ ।


जीतपुरसिमरामा अहिले त्रिपक्षीय भिडन्त छ । चौधरीसंगै लोकतान्त्रिक समाजवादी पार्टीका संजय साह र नेकपा माओवादी केन्द्रका राजन पौडेलले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । त्रिपक्षीय भिडन्तमा चौधरीले बाजी मार्ने आकलन जीतपुरसिमराबासीको छ ।


प्रमुख बन्ने दौडमा चौधरीपछि माओवादीका पौडेल र लोसपाका साह देखिएका छन् । अप्रत्याशितरुपमा लोसपाबाट उम्मेदवारी दर्ता गराएर चुनावमा उत्रिएका साह जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।

 

विभिन्न संघसंस्थामा आवद्ध साह र चौधरीबीच प्रमुख पदका लागि प्रतिस्पर्धा हुने स्थानीय बताउछन् ।चौधरी र पौडेलबीच प्रतिस्पर्धा हुने आकलन गरिएपनि माओवादीका उम्मेदवारलाई जीतपुरसिमराबासीले स्विकार्न नसकेको अवस्था देखिन्छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा १० वटा वडामा निर्वाचित भएको माओवादीको कार्यसम्पादन सन्तोषजनक नरहेको स्थानीयबासी बताउछन् । एमाले नेतृत्वलाई असफल पारेर आफ्नो पक्षमा जनमत बटुल्ने र अर्को निर्वाचनमा मेयर बन्ने सपना देखेर नगरको बिकासलाई रोक्न अहम भूमिका खेलेको आरोप माओवादी उम्मेदवारमाथी छ ।


यसपटक नेपाली कांग्रेस भने प्रमुख बन्ने दौडमा छैन् । अघिल्लो चुनावमा एमालेको मुख्य प्रतिस्पर्धी बनेको कांग्रेस यसपटक प्रमुख पदको दौडबाटै बाहिरिन पुगेको छ । गठबन्धनका कारण उपमहानगरपालिकाको प्रमुख जस्तो पदमा उम्मेदवारी नै दिन नपाएको कांग्रेसमा उत्साह छैन् ।

प्रमुख पदको चुनावी दौडबाट बाहिरिएसंगै जीतपुरसिमरामा कांग्रेसको खासै चर्चा सुनिदैन् । कांग्रेस यतिबेला भागबण्डामा पाएको उपप्रमुख पदमा उम्मेदवारी दिएकी मेघा शाही र वडाका उम्मेदवार जिताउन लागिपरेको छ ।


गठबन्धनका नाममा कांग्रेसको अस्तित्व नै गुम्ने खतरा बढेपछि कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् । केन्द्रीय नेतृत्वको स्वार्थका कारण लामो समयदेखी जिल्ला, नगर र वडातहमा राजनीति गर्दै आएका कांग्रेसका नेताकार्यकर्ताको भावनामाथी खेल्ने काम भएको कांग्रेस कार्यकर्ता बताउछन् ।


असन्तुष्टीकाबीच प्राविधिक कारणले प्रमुख पदमा उम्मेदवारी दिन नसकेको कांग्रेसका कार्यकर्ता दस बर्ष जनयुद्ध गरेर आएको माओवादीको चुनाव चिन्हमा मतदान गर्न अनिच्छुक देखिएका छन् । गठबन्धनका नाममा फरक पार्टीलाई मतदान गर्नु आफ्नो बिचार र सिद्धान्त बेच्नु सरह हुने भन्दै टिकाटिप्पणी समेत सुनिन थालिएको छ ।

 

चौधरी कसरी बलियो ?


उपमहानगरपालिकाको प्रमुख पदकी उम्मेदवार चौधरी थारु, मधेसी र महिलालाई प्रतिनिधित्व गर्छिन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि उपप्रमुख पदमा रहेर अनुभव बटुलेकी चौधरीलाई नगरको बागडोर सम्हाल्न अफ्ठेरो देखिदैन् ।


चौधरीले आफ्नो पहिलो कार्यकालमा महिलालाई प्राथमिकतामा राखेर काम गरिन् । महिला हिंसा न्युनिकरण, महिला एकता, महिला सशक्तिकरण, महिला पुर्नस्थापना केन्द्र, महिला सम्मान, दक्ष महिला जनशक्ति उत्पादनलाई उनले प्राथमिकता दिईन् ।


नगरभित्र रहेको महिला अधिकार र सशक्तिकरणको क्षेत्रमा काम गर्ने संघसंस्थासंग सहकार्य गरेर उनि अगाडि बढिन् । आफ्नो कार्यकालमा सबै पार्टीमा आवद्ध महिलालाई समेटेर हिड्न सफल भएकी चौधरीको जित्न सक्ने पहिलो बलियो आधार भनेको महिला शक्ति हो ।


महिला अधिकारका विषयमा सशंक्त ढंगले आवाज उठाउने महिलासम्बद्ध संघसंस्थाहरु यतिबेला महिलाई पहिलो मेयर बनाएर ईतिहास रच्ने अवसर गुमाउन चाहदैनन् ।


मधेसी र थारु समुदायको मत चौधरीको अर्को शक्ति


चौधरीको अर्को बलियो आधार भने उनको प्रतिनिधित्व गर्ने समुदाय पनि हो । उनि थारु र मधेसी समुदायलाई प्रतिनिधित्व गर्छिन् ।


जीतपुरसिमरामा बसोबास गर्ने थारु र मधेसी समुदायलाई प्रतिनिधित्व गर्दै नगर प्रमुख पदमा उम्मेदवारी दिने चौधरी पहिलो महिला हुन् । चौधरी नगर प्रमुख पदमा निर्वाचित भए थारु र मधेसी समुदायको समेत प्रतिनिधित्व हुनेछ ।


जीतपुरसिमरामा थारु समुदायको मात्रै करिब नौ हजार मत रहेको छ । उक्त मत चौधरीको पक्षमा जाने बलियो सम्भावना छ ।


नगरबासीको योजनालाई प्राथमिकता


उपप्रमुख पदमा रहेर एक कार्यकाल बिताएकी चौधरीले नगरबासीको चाहनाअनुसारको योजनालाई प्राथमिकतमा राखेर अघि बढ्नु उनको अर्को जित्ने बलियो आधार हो ।


उपमहानगरपालिका भएपनि पूर्वाधारका हिसाबले अत्यन्तै कमजोर ठाँउमा उनले सडक, नाला, विद्यतु, कल्र्भट, चाँपाकल जडानलगायतका कामलाई प्राथमिकता राखेर अघि बढ्नि । नगरबासीको आवश्यकता अनुसारको योजनालाई कार्यान्यवन ल्याउन अग्रसर हुने गरी चौधरीलाई ति काम गरेका स्थानका मतदाताले रुचाउने निश्चित छ ।


चौधरीकै पहलमा पथलैयामा हाई मास लाईट जडान भयो । उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडी चौधरीले उक्त लाईटको उद्घाटन गरेकी थिईन् । उक्त लाईटले रात्री समयमा पथलैयाको मुख्य चोकमा निकै उज्यालो देख्न सकिन्छ ।


चौधरीकै पहलमा गढीमाई मन्दिर नजिक थारु संग्रालय निर्माणका क्रममा छ । थारु समुदायको संस्कृति संरक्षण हुने गरी चौधरीले संग्राहलयको अवधारणा ल्याईन् । उनले सबै समुदायको संस्कृति जोगाउन आफूले क्रमशः काम गर्ने उतिबेलै बताएकी थिईन् ।


चौधरीकै पहलमा जीतपुरसिमरामा संवेदनशील पाठेघरको निःशुल्क चेकजाच र उपचार गरियो । केही महिना अघि मात्रै सम्पन्न उक्त शिविरमा हजारौं महिलाले निःशुल्क चेकजाच र उपचार गराए । उपचारका क्रममा पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएका करिब ५० जना महिलाको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।
चौधरीको निडर स्वभाव


चौधरी निडर स्वभावकी छिन् । उनि हत्तपत्त कसैको दवावमा पर्दिनन् । उपमहानगरपालिकाको कार्यपालिका भित्र बहस गर्न सक्ने क्षमता रहेको उनले अघिल्लो कार्यकालमा देखाएकी छिन् ।
जसका कारण नगर प्रमुख पदमा निर्वाचित भएपछि कसैको दवावमा रहेर उनले काम नगर्ने स्पष्ट हुने स्थानीय बताउछन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.