logo

गठबन्धनप्रति जसपाको बेइमानीः प्रमुखमा राजेशमानको बढाईचढाई, उपप्रमुख छायामा

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २६ गते ०७: १३ मा प्रकाशित     3966   पटक पढिएको

चुनावी गठबन्धनको मर्म र भावनाविपरीत नेपाली कांग्रेसका कार्यकर्ता आफ्नो दलमा छिराएर कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनमा कांग्रेसबाट उपप्रमुखका उम्मेदवारलाई समेत हराउने दाउमा लागेको देखिएको छ ।

 


कांग्रेसलाई कमजोर पार्नुमै आफ्नो राजनीतिक भविष्य सुरक्षित देखेका जसपाका मेयर उम्मेदवार राजेशमान सिंहदेखि उनको खास सारथीको रुपमा यतिबेला स्वार्थ मिलान भएका प्रदीप यादव र मेधस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतहरु गठबन्धनबाट आफूहरुले मात्रै फाईदा लिएर कांग्रेसलाई थाङ्नामा सुताउने प्रपञ्चमा लागेको आभास कांग्रेसी कार्यकर्ताहरुलाई भएको छ ।


कांग्रेसको किल्लामा कांग्रेसको पुच्छर समातेर मेयर पदको कुर्सीमा आफ्ना उम्मेदवारलाई पु¥याउने दाउमा लागेको जसपा भित्रभित्रै उपमेयरमा इम्तियाज आलमलाई भने हराउने खेलमा लागेको टिप्पणी हुन थालेको छ ।

मेयरमा जसपाका राजेशमानलाई जिताएर उपमेयरमा कांग्रेसका उम्मेदवारलाई हराउन सकिए कांग्रेसको शक्ति कमजोर बनाउन सकिने प्रपञ्च अन्तरगत यो काम भइरहेको बुझाई कांग्रेस कार्यकर्ताको छ ।
वीरगञ्जमा कांग्रेस नै मुख्य राजनीतिक शक्ति भएकाले गठबन्धनको आवरणमा कांग्रेसलाई धुलो चटाउन सकिए आफ्नो राजनीतिक पकड बलियो बनाउने बद्नियत जसपाको देखिएको छ ।


गठबन्धनको रुपमा कांग्रेसको भोटको बलमा चुनाव जित्ने र कांग्रेसका उपमेयरलाई हराएर वीरगञ्जमा राजनीतिक वर्चश्व बनाउने रणनीतिअनुसार जसपाले धोकाधडीको राजनीति शुरु गरेको कांग्रेसका सचेत नेता कार्यकर्ताहरुले बुझिसकेका छन् । यसको शुरुआती संकेत जसपाले कांग्रेसकै कार्यकर्ता आफ्नो दलमा प्रवेश गराएर दिइसकेको छ ।


जसपा गठबन्धनको मुख्य नेतृत्वकारी दल हो । गठबन्धनका सहयात्रीहरुलाई समन्वय गर्ने र सबेलाई समेटेर हिड्ने उसको दायित्व भएपनि त्यो अनुरुपको ब्यवहार नगरेको कांग्रेसीहरुको बुझाई छ । नेपाली कांग्रेस र जसपा दुबैले महानगरका ३२वटै वडामा सटेमै उम्मेदवारी दिएका छन । घरदैलोमा मेयर उमपेयर र वडाध्यक्षका उम्मेदवारसंगै देखिएका छैनन ।

 

मेयर र उपमेर समेत संगै कमै मात्र देखिएका छन । वडाध्यक्षका उम्मेदवारको भेला बोलाइएको भनिएको पनि त्याहा दुबै पार्टीका सबै उम्मेदवार उपस्थित नरहेको नेपाली कांग्रेसका एक पूर्व पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

 

वडध्यक्षहरुको भेला हुदा गठबन्धनका सबै वडाध्यक्षहरु सहभागि भएको भए करिब १ सय जनाको सहभागिता रहनु पर्ने हो तर त्यस्तो नभएको उनले दावी गरे । यो गठबन्धन ,गठबन्धनको संस्कार र संस्कृति प्रति जिम्मेवार नएको उनको टिप्पणी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.